Guthichaur Rural Municipality Home / Directory
Guthichaur Rural Municipality
Dhawalmudi, Guthichaur RM, Jumla, Karnali
Government
Address Dhawalmudi, Guthichaur RM, Jumla, Karnali

गुठिचौर गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका तथा नगरपालिकाहरु मध्येको एक स्थानीय तह हो। कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लामा पर्ने गुठिचौर गाउँपालिका साविकका देपालगाउँ, गोठिचौर र गर्ज्याङ्गकोट गरी ३ गा.वि.स. हरु मिलेर बनेको छ। करिब ४२७ वर्ग कि.मि. क्षेत्रफलमा रहेको यस गुठिचौर गाउँपालिकाको जनसंख्या २०७८ सालको जनगणना अनुसार जम्मा जनसंख्या १०९२२ रहेको छ। जसमध्ये महिलाको संख्या ५५३८ र पुरुषको संख्या ५३८४ रहेको छ। वडागत रुपमा हर्ने हो भने वडा नं. १ को कुल जनसंख्या २१३३ रहेको छ जसमध्ये महिलाको संख्या १०९७ र पुरुषको संख्या १०३६ रहेको छ। वडा नं. २ को कुल जनसंख्या २१०८ रहेको छ जसमध्ये महिलाको संख्या १०५५ र पुरुषको संख्या १०५३ रहेको छ। वडा नं. ३ को कुल जनसंख्या १५८६ रहेको छ जसमध्य महिलाको संख्या ८०१ र पुरुषको संख्या ७८५ रहेको छ। वडा नं. ४ को कुल जनसंख्या २६२७ रहेको छ जसमध्ये महिलाको संख्या १३४७ र पुरुषको संख्या १२८० रहेको छ। वडा नं. ५ को कुल जनसंख्या २४६८ रहेको छ जसमध्ये महिलाको संख्या १२४१ र पुरुषको संख्या १२२७ रहेको छ। यस गाउँपालिकाको कुल घरपरिवार संख्या २४४४ र जनघनत्व २६ रहेको छ। यस गाउँपालिकाको कुल साक्षरता दर ६९.२ रहेको छ जसमध्ये महिला साक्षरता दर ५९.७ र पुरुष साक्षरता दर ७९.१ रहेको छ। यस गाउँपालिकाको पूर्वमा डोल्पा जिल्ला, पश्चिममा चन्दननाथ नगरपालिका, उत्तरमा पातारासी गाउँपालिका र दक्षिणमा जाजरकोट जिल्ला रहेका छन्। यस गाउँपालिका अन्तर्गत ५ वटा वडाहरु रहेका छन्। यस गुठिचौर गाउँपालिकाको केन्द्र गुठिचौर गाउँपालिकाको वडा नं ४ मा पर्ने धलमुडी भन्ने स्थानमा हरेको छ। यस गाउँपालिकाको नामाकरण यस गाउँपालिका अन्तर्गतको पर्यटकीय स्थल गोठिचौरको मानबाट नामाकरण गरिएको हो।

 

यो गाउँपालिका भौगोलिक रुपमा अति सुन्दर र पर्यटकीय संभावना बोकेको गाउँपालिका हो। यस गाउँपालिका अन्तर्ग चिमारामालिका, गोठिचौर, दुधकुन्डली ताल, चोत्र नमुना बस्ती लगायत थुप्रै पर्यटकीय स्ठलहरु रहेका छन् ।

गुठिचौर गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.