Halesi Tuwachung Municipality Home / Directory
Halesi Tuwachung Municipality
Durchhim, Khotang
Government
Office Info
Address Durchhim, Khotang
1 {'name': 'Email 2', 'value': 'info@halesituwachungmun.gov.np '}

हलेसी तुवाचङ नगरपालिका जिल्ला सदरमुकामबाट पश्चिमी भेगमा करीव ४० किमिको दुरीमा अवस्थित रहेको छ । हलेसी माहादेवस्थानको नामले प्रख्यात यो नगरपालिकाको केन्द्र हलेसी माहादेवस्थानको मन्दिरबाट पश्चिमपटि ५ किलो मिटरको दुरीमा रहेका दुर्छिममा पर्दछ । साविकका ११ वटा गाविसहरु मिलेर ११ वटा वडामा फैलिएको यो नगरपालिकाको क्षेत्रफल २८०.१७ बर्ग किलो मिटर रहेको छ भने यस नगरपालिकाको पश्चिममा दुधकोशी नदिले ओखलढुंगा जिल्लालाई छुटयाएको छ भने दक्षिणमा सुनकोशी नदिले उदयपुर जिल्लालाई छुटयाएको छ त्यसैगरी दक्षिण पुर्वि भेगमा दिपु्रङ गाउंपालिका र पुर्वि भागमा रुपाकोट मुझुवागडी नगरपालिका पर्दछ भने उत्तरी भेगमा लामीडांडा गाउंपालिका पर्दछ । प्राय राई जातिहरुको बाहुल्यता रहेको यस नगरपालिकाको २०७८ को जनगणना अनुसार जनसंख्या २७०७८ (हलेसी तुवाचुङ नगरपालिका नगर पार्श्वचित्र २०७४/७५ अनुसार जनसंख्या ३२४४६) रहेको छ । जिल्लाकै सुखा क्षेत्रको रुपमा रहेको यस जिल्लामा ज्यादै कम पानी पर्ने भएको कारण प्राय सवै गाविसहरु सुखा ग्रस्त क्षेत्रमा पर्दछन, पानी कम पर्ने र पानीका मुहान समेत नभएको कारण यस नगरपालिकाका मानिसहरुको मुख्य समस्या खानेपानीको रहेको कारण घण्टौ

समय खानेपानीकोलागी खर्च हुने गरेको छ भने मौसमी बाहेक करेसा बारीमा घरायसी तरकारी उत्पादन गर्न समेत सकिएको देखिदैन।

 

यस नगरपालिकाका दुइ तिरको भाग दुधकोशी नदि सुनकोशी नदिले घेरेको भए पनि कोशी आसपासका केहि भाग बाहेक अधिकांस भुभाग सुखा ग्रस्त रहेका छन । यस भेगको खानेपानी व्यवस्थापनकालागि दुधकोशीबाट पानी तानेर उपलव्ध गराउने योजना तयारी अन्तिम चरणमा पुगेको भए पनी सम्पन्न गर्नकोलागि अझैै केहि समय पर्खिनु पर्ने देखिन्छ । नगरपालिकाका केहि गाविसहरुलाइ सुन्तलाको पकेट क्षेत्र तोकिएको र मोटरबाटो करिडोरलाई तरकारी पकेट क्षेत्र निर्धारण गरिएको भए पनि आवश्यक सिंचाइको सुविधा नपुगेको कारण यो त्यति प्रभावकारी रुपमा अगाडी बढन सकेको देखिदैन । सुखा क्षेत्रमा उत्पादन हुने बदाम यस यस नगरपालिका क्षेत्र भित्रको राम्रो आम्दानीको श्रोत बन्दै आएको छ । यहां उत्पादन बदाम जिल्लाका अन्य भाग लगायत काठमाण्डौ र छिमेकी जिल्ला ओखलढुंगालाइ समेत चाहिंदो मात्रामा आपुर्ति गराउंदै आएको छ । यस क्षेत्रमा बदम खेतिलाइ अझ व्यवस्थित तरिकाले व्यवसायिक रुपमा उत्पादन गर्न सकेमा यस समुदायका मानिसहरु आत्प निर्भर वन्न सक्ने देखिन्छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.