हरिवनको नामाकरणको सन्दर्भमा ऐतिहासिक तथा धार्मिक पृष्ठभूमिका अनुसार विभिन्न किवंदन्ती पाईन्छ । प्रथमतः प्राचीन कालमा राजा जनकका भाइ सुभाउ जनकले हालको वडा नं ९ मा एउटा पोखरी खनेका थिए । त्यसताका उक्त पोखरीमा सयौंका संख्यामा हरिणहरु चर्दै पानी पिउने ठाउँ भएकोले हरणबाट हरिवन भएको, दाेस्रो भगवानको नाम हरि ओमबाट हरिवन भएको, तेस्रो हालको सिन्धुली जिल्लाको धिमालेको चुरेमा रहेको बस्तीबाट दक्षिण समथल भूभागमा हेर्दा हजारौं दुरी सम्म हरियो वन देखिने भएकोले पछि अपभ्रंस भई हरिवन भएको भन्ने रहेको छ । यसर्थ हरिण, हरिओम र हरियो वन जस्ता शब्दहरु अपभ्रंश भई विस्तारै हरिऔन हुँदै हरिवन नामाकरण भएको जनविश्वस रहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.