काठमाडौं उपत्यका भित्र बाग्मती र यसका सहायक नदी नालाहरुलाई स्वच्छ, सफा र हराभरा बनाएर नदी किनारमा रहेका धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका धरोहरहरुको जगेर्ना गर्नु अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको मुख्य उद्देश्य हो । यसका लागी समितिले बाग्मती नदीको किनारामा बहाब क्षेत्र कायम हुनेगरी पुर्वाधार निर्माणका कामहरु जस्तै ढल निर्माण, सडक निर्माण, हरित क्षेत्र निर्माण, तटबन्ध निर्माण तथा चेक ड्याम निर्माण तथा ढल प्रशोधन केन्द्रको निर्माण तथा संचालन क्रमश गर्दै जाने तथा सचेतनामुलक कार्यक्रमहरुको माध्यमवाट आम सरोकारवालाहरुमा नदीको बढ्दो प्रदूषण प्रति चासो र चिन्ता जगाउनु रहेको छ ।
हिन्दुहरुको पवित्र तीर्थस्थल एवम् सभ्यताको प्रतीकको रुपमा रहेको वागमती नदी पछिल्लो डेढ दुई दशकयता मानवीय अतिक्रमणको कारणले प्रदूषणको चपेटामा पर्यो । मुलुकको अमूल्य नीधिको अस्तित्व नै सङ्कटमा परेपछि सचेत नागरिक समाजको चर्को दबाबका साथै सरकारी क्षेत्रबाट उच्च प्राथमिकताका साथ नदी प्रदूषणमुक्त गर्ने कार्यको थालनी नै वर्तमान समितिको अस्तित्वको आधारशीला हो । राजधानीको बढ्दो जनसङ्ख्या, अनियन्त्रित सहरीकरण, अव्यवस्थित ढल निकास र औद्योगिक एवं ग्राहस्थ फोहोरमैला निस्कासनको सम्पूर्ण विकृति व्यहोर्न बाध्य बनाइएको वागमती नदीको शुद्धीकरणको लागि वि.सं. २०५१ चैत २८ गते तत्कालिन श्री ५ को सरकारले पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गरेको हो । यस समितिको अधिकार एवं कार्यक्षेत्र सीमित रहेकाले वि.सं. २०५२ मङ्सिर ६ गते अधिकार सम्पन्न वागमती ढल निर्माण सुधार आयोजना कार्यन्वयन तथा अनुगमन समिति गठन भएको । २०६५ साल जेष्ठ २६ मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गठन भएको।
यस समितिको उद्देश्य तथा कार्यक्रम निम्नानुसार रहेको छ ।
काठमाण्डौ उपत्यकका अन्य नदीहरु रुद्रमती, मनमती, वल्खुखोला, नख्खुखोला, गोदावरी, कोडेकुखोला, हनुमन्ते, मनहरा र विष्णुमती लागयतका वाग्मती नदीको सहायक नदीहरुका रुपमा बहने उपत्यका भित्रका सबै नदीनालाहरुबाट पनि वाग्मती नदी प्रदूषित हुने भएकोले उपत्यकाभित्र रहेका सबै नदीनाला, खोलाहरुको शुद्धीकरण, हरितक्षेत्र तथा सडक निर्माण र नदीको वहाव क्षेत्र निर्धारण गर्न वृहत्तर योजना तयार गरी कार्यन्वयन गरिने लक्ष्य राखेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.