Hima Rural Municipality Home / Directory
Hima Rural Municipality
Kalikakhetu, Hima RM, Jumla, Karnali
Government
Address Kalikakhetu, Hima RM, Jumla, Karnali
Website himamun.gov.np
Email 2 ito.himamun@gmail.com

कर्णाली प्रदेश अन्तर्गत् पर्ने कर्णाली प्रदेशका पाँच हिमाली जिल्लाहरू मध्ये जुम्ला एक दुर्गम हिमाली जिल्ला हाे । भाैगाेलिक रूपमा विकट र दुर्गम भए तापनि नेपालकाे इतिहासमा जुम्ला जिल्लाकाे आफनै महत्वपुर्णा महिचान रहेकाे छ । नेपालकाे एकिकरणा हुनु पुर्व वाइसी राज्यहरूकाे मुख्य केन्द्रकाे रूपमा रहेकाे जुम्ला नेपाली भाषा र संस्कृतिकाे उदगम स्थल हाे । मध्यकालिन युगमा जुम्ला एक समृद्र एवं शत्तिशाली राज्यकाे रूपमा रहेकाे तथ्य इतिहास अध्यनबाट प्रस्ट हुन्छ । यस जिल्लाकाे सदरमुकाम रहेकाे खलंगामा सबभन्दा पहिले प्रfचीन कालमा भारतबाट आएका चन्दननाथ बाबा सहित दुईजना ब्रम्हचारीहरूले वस्ती बसाई कृषि र शिक्षााकाे प्रचार प्रसार गरेका थिए भन्ने लाेकाेत्ति रहेकाे पाईनछ । यातायात, संचार र आधुनिकिकरणकाे दृष्टिकोणले विकट र दुर्गम भए तापनि अति सुन्दर चम्किलाे हिमाली चुचुराहरू, तालहरू र मनमाेहक अनगिन्ती प्राकृतिक नदीहरूले सिँगारिएकाे जुम्ला प्राकृतिक सम्पदा र संस्कृतिकाे धनी जिल्ला मान्न्न सकिन्छ । यस जिल्लाकाे सिंजा भेगमा पर्ने हिमा गाउँपालिका प्रfकृतिक सम्पदाकाे रूपमा धनी गाउँपालीका मानिन्छ । सिंजा क्षेत्र नेपाली भाषा र संस्कृतिकाे उदगम स्थानकाे रूपमा नेपाली इतिहांसमा प्रख्यात छ । यस प्रकारकाे  ऐतिहांसिक महत्व बाेकेकाे सींजा क्षेत्र भित्रकाे एक विशेष महत्व बाेकेकाे भाषिक, सांस्कृतिक, पर्यटकीय रूपले धनी हिमा गाउँपालिका हाे । नेपाल सरकारकाे निर्णयले नेपाल राजपत्रमा मिति २०७३/१/२७ काे प्रकासित सुचना अनुरूप स्थानीय तहकाे गठन भई यस हिमा गाउँपालिकाकाे गठन भएकाेहाे । साविकका बड्की, कालिकाखेतु र महावैपाथरखाेला गाविस समाहित भई हिमा गाउँपालिकाकाे गठन भएकाे छ । 

 

भाैगाेलिक अवस्था :

कर्णाली अञ्चलकाे दक्षिण भुभागमा अवस्थित जुम्ला जिल्ला भित्र प्रर्ने हिमा गाउँपालिकाकाे भाैगाेलिक स्वरूप अग्ला अग्ला डांडाहरू, पाटनहरू, जंगलहरू, झरना, नदी, खाेलानालाहरू र नदी किनारामा रहेका बेशीहरूले बनेकाे छ । विश्वमान चित्रमा यस गाउँपालिकाकाे भाैगाेलिक अवस्थिति २८० ५८ देखि २९० ३० उत्तरी अक्षांशसम्म र ८१० २८ देखि ८२० १८ पुर्वी देशान्तरसम्म रहेकाे छ भने यस गाउँपालिका पुर्वमा तिला गाउँपालिका, पश्चिममा कालिकाेट जिल्लाकाे पलांता गाउँपालिका, दक्षिणमा कालिकाेट जिल्लाकाे तिला गुफा नगरपालिका र उत्तरमा सिंजा गाउँपालिकाकाे सिमाना रहेकाे छ । यस गाउँपालिका समुद् सतहबाट ७०० फिट देखि २१०७७ फिट सम्मकाे उचार्इमा फैलिएकाे छ । कुल क्षेत्रफल १२८.०९ वर्ग किलाेमिटर अाेगटेकाे छ । जनसंख्या १२६१२ (घरधुरी सर्वेक्षेण, २०७४), जन घनत्व ८२.३८ प्रति वर्ग किलाेमिटर छ । उत्तरी पश्चिमी भाग केही भिरालाे भएकाे कारणा वस्तिहरू धेरै उत्तर पश्चिमी पाखाहरूमा र नदी किनारका वेशीहरूमा रहेका छ । गाउँपालिकामा जम्मा सात वडा रहेकाछन् ।

हिमा गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.