हाम्रो देश नेपालमा व्यवस्था गरिएको ७५३ स्थानीय तह मध्ये चितवन जिल्लामा एक महानगर, पाँच नगरपालिका र एक गाउँपालिका व्यवस्था भएको छ । यी सात स्थानीय तहहरु मध्ये इच्छाकामना गाउँपालिका प्राकृतिक छटाले भरिपूर्ण सुन्दर गाउँपालिका हो । लामो झरना जलविरे, सिराईचुली, हात्तीवाङ ऐतिहासिक क्षेत्र उपरदाङगढी, धार्मिक क्षेत्र इच्छाकामना माईको मन्दिर, जलबिरे मन्दिर, मनकामना केवलकार, त्रिशुली नदी, मुग्लिङ्ग बजार रहेको यस क्षेत्र पर्यटन विकासका लागि प्रचुर सम्भावनायुक्त गाउँपालिका हो । यो गाउँपालिका त्रिशुली नदीको काखमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धादिङ्ग जिल्ला पश्चिममा तनहूँ तथा भरतपुर महानगरपालिका, उत्तरमा गोर्खा र दक्षिणमा कालिका नगरपालिका रहेका छन् । राजधानी काठमाण्डौं देखि करिब १०० कि.मि. दक्षिण पश्चिममा रहेको यो गाउँपालिका समुन्द्री सतह ५०० मि.उचाइ देखि १५०० मि.उचाइमा अवस्थित छ । २७०४८३५.३९ उत्तरीअक्षांश देखि ८३०३४९७.५ पूर्वी देशान्तर सम्म फैलिएको छ । क्षेत्रफल १६६.६७ वर्ग किलोमिटर रहेको यस गाउँपालिका चितवन जिल्लाको एक मात्र गाउँपालिका हो । यस गाउँपालिकामा ७ वटा वडाहरु छन् । वि.स. २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसंख्या २५०१२ रहेको मध्ये १२५५२ महिला र १२४६० पुरुष छन् । वि.स. २०७४ को निर्वाचन तथ्याङ्ख अनुसार कुल मतदाता ११७१७ रहेको छ । साविक दारेचोक, चण्डिभञ्ज्याङ्ग, काउले र दाहाखानी गा.वि.स.का सबै वडाहरुलाई मर्ज गरेर ७ वटा वडाहरु रहेको यस इच्छाकामना गाउँपालिका जनजातीहरुमा (गुरुङ्ग, मगर, तामाङ्ग, नेवार, थकाली) अति सिमान्तकृत चेपाङ्ग, अल्पसंख्यक मुस्लिम तथा खस आर्यमा ब्रामहण, क्षेत्री, ठकुरी र दलित बसोबास गर्छन । विभिन्न जातजाति एवम् भाषा, धर्म र संस्कृति भएको यस क्षेत्रमा जनजातिको बाहुल्यता रहेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस गाउँपालिकाले बिकासको सम्भावना बोकेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.