इलाम नगरपालिका देशका पुराना नगरपालिका मध्ये एक हो । इलाम नगरपालिका १७३.३२ वर्ग कि.मी क्षेत्रमा फैलिएको छ । यस नगरपालिको पूर्वी सिमाना माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपाकिला सँग जोडिन पुगेको छ भने उत्तरमा सन्दकपुर गाउँपालिका र पाँचथर जिल्ला, पश्चिममा देउमाई नगरपाकिला र दक्षिणमा माई र सूर्योदय नगरपालिका पर्दछन् । दुई सय बर्षदेखि जिल्ला सदरमुकाम रहेको इलाम नगरपालिकाले जिल्लासंग नाम मिल्नाले अन्यत्रका मानिसका लागि जिल्लाकै प्रतिनिधित्व गर्दै आएको छ ।
भौगोलिक विविधता, जातीय तथा सामाजिक सद्भाव कायम रहेको यस नगरपालिकामा ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरु उल्लेख्य रुपमा छन् । जिल्लाको शिक्षा, स्वाथ्य, खेलकूद, उद्योग, व्यापार वाणिज्य, पर्यटन समेतको केन्द्रको रुपमा रहेको यस नगरपालिकाको कूल जनसङ्ख्या ५००८५ रहेको छ । यो नगरपालिकाको जनघनत्व २८९ प्रति वर्ग कि.मी. छ । जिल्लाका ठूला खोलहरु माई, जोगमाई, पुवामाईका वेसीँहरु पर्ने भएकाले अन्नवाली उत्पादनका अव्वल क्षेत्रहरु यस नगरपालिकामा पर्दछन् । राई, लिम्वु, ब्राह्मण क्षेत्री, तामाङ, मगर, नेवार आदि जातिहरुको बसोवास रहेको छ । अनाथालय, बृद्धाआश्रम, फरक क्षमता भएका बालवालिकाका लागि विद्यालयल, प्राविधिक शिक्षालय आदिले यो नगरपालिकाको विशिष्टलाई चिनाउने कार्य गरेको छ ।
नेपालको प्रदेश नः १, इलाम जिल्ला, पहाडी भेगमा स्थापित इलाम नगरपालिका बि.सं. १८७५ मा सदरमुकाम तथा गौडा हुँदै बि.सं. २०१५ नगरपालिका, बि.सं. २०१९ नगर पंचायत र बि.सं. २०४७ मा पुनः नगरपालिका भएको हो। इलाम नगरपालिकाको वार्ड बिभाजन १ देखि १२ सम्म छ। इलाम नगरपालिका एउटा पर्यटकीय नगरको रूपमा विकसित भएर गइरहेको र इलाम भविष्यमा सङ्घीय राज्यको राजधानीको रूपमा प्रस्तावित नगर हो। यस क्षेत्रमा पर्यटकीय पूर्वाधारका लागि विमानस्थल, जैविक विविधताले युक्त विभिन्न पर्यटकीय स्थल, सभागृह र शैक्षिक संस्थाहरूको व्यवस्थापन कार्य तीब्रतर गतिमा भइरहेको छ। सुरुदेखि नै आफ्नो क्षेत्रका नागरिकहरुको दैनिक तथा आवधिक आवश्यकता परिपूर्ति गर्ने स्थानीय निकायको रुपमा सेवा प्रधान गदै आएको संस्था हो। नगरवासीहरूको आर्थिक, सामाजिक उन्नतिका लागि अग्रगामी दिशोन्मुख गराउने तर्फलगाउने निकायको रूपमा प्रयासरत छ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.