इन्द्रसरोवरको लिखित कुनै इतिहास तथा दस्तावेज नभएता पनि ऐतिहासिक दृष्टिकोणले महत्वपुर्ण रहेको मानिन्छ । राजा विरेन्दले आफ्नी आमा ईन्द्रराज्य लक्ष्मी देवी शाहको सम्झनामा ईन्द्रसरोवर नामाकरण भएको भन्ने गरिन्छ । आमा ईन्द्रराज्य लक्ष्मी देवी शाहको नाम बाट ईन्द्र र सरोवरको अर्थ ताल, पोखरी, दह हुने हुनाले यस ठाँउलाई ईन्द्रसरोवर भनि नामाकरण गरिएको भन्ने भनाई रहेको छ । रानी ईन्द्रराज्य लक्ष्मी देवी शाहको सम्झनामा मानव निर्मित नेपालकै एक मात्र ईन्द्रसरोवर ताल २०३४ सालमा निर्माण सुरु गरि २०३८ सालमा सम्पन्न भएको थियो । राजा विरेन्द्र विक्रम शाह देव र प्रधानमन्त्री किर्तिनिधी विष्टको पालामा निर्माण भएको यस तालले आफ्नो बेग्लै इतिहास, पहिचान र महत्व बोकेको छ ।
साविकका गाभिएका मार्खु, कुलेखानी, सिस्नेरी र फाखेल गा.वि.स.का राजनैतिक दलका प्रतिनिधीहरु, बुद्धिजीविहरु लगायत सरोकारवालाहरुको घनिभूत छलफल पश्चात यस गाँउपालिकालाई इन्द्रसरोवर गाँउपालिकाको नामवाट नामाकरण गर्ने भनि गरिएको निर्णय अनुसार नै ईन्द्रसरोवर गाँउपालिका बनाईएको हो ।
इन्द्रसरोवर क्षेत्रलाई ‘श्री क्युविक व्याटि’«को नामले पनि चिनिन्छ । यहाँ पानीको संचय गरी संचीत पानी बाट आवश्यकता अनुसार विद्यत्त उत्पादन गरिने हनाले संचित पानीको ताललाई व्याट्रिको संज्ञा दिई क्युविक व्याट्रि भनिएको हो । राज्यलाई लोडसेडिङ मुक्त गराउनमा यस क्षेत्रले निकै ठुलो भुमिका खेलेको देखिन्छ । यस क्षेत्रमा रहेको मावन निर्मित तालको संचित पानी बाट कुलेखानी पहिलोवाट ६० मे.वा, दोश्रोवाट ३२ मे.वा. गरि जम्मा ९२ मे.वा. विद्युत निकालिएको छ भने १४ मे.वा. तेश्रो आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।
साविकको कुलेखानी गा.वि.स. तथा हालको वडा नं. २ को पनि आफ्नै महत्व र इतिहास रहेको पाईन्छ । विगतमा दैनिक ज्यालादारी गरि जिवन निर्वाह गर्ने मानिसहरुको वसोवासको बाहुल्यता रहेको यस ठाँउमा कुल्ली काम गरि खानेहरुको खानी नै रहेको हुदाँ कुलेखानी नामाकरण गरिएको भनाई पनि रहेको पाईन्छ । यस क्षेत्रमा प्रसस्त मात्रामा तामा, फलाम र किट खानीहरु रहेको कुरा स्थानीयवासीहरुको भनाईरहेको छ ।
त्यसै गरि साविकको सिस्नेरी गा.वि.स. तथा हालको वडा नं. ३ को पनि आफनै महत्व रहेको पाईन्छ । स्थानीय जानकारहरुका अनुसार यस ठाँउमा सिस्नुको घारीहरु अत्याधिक मात्रामा रहेकाले सिस्नेरी नाम रहेको भनाई छ ।
ईन्द्रसरोवर गा.पा. ऐतिहासिक तथा धार्मिक हिसावले पनि त्यतिकै महत्वपुर्ण रहेको मानिन्छ । यस गा.पा. मा रहेको मानव निर्मित इन्द्रसरोवर ताल, भालेश्वर महादेव, गुप्तेश्वर गुफा, लामवगरमा अवस्थित नाट्यश्वरी महादेव मन्दिर, धानेश्वर धनलक्ष्मी मन्दिर, खानीखेतमा अवस्थित पञ्चकन्या देवी मन्दिर, किटेनी स्थित सरस्वती मन्दिर, लुण्डुप हयोलिङ गुम्वा, धेचीन गुम्वा महाङ्कालथान, सुकौरा लुण्डुप छयौनिङ गुम्वा, पञ्चकन्या देवी मन्दिर, हुमाने डाँडा दृष्यावलोकन गर्ने ठाँउ, भैरवनाथ मन्दिर, सलेमले डाँडाँ, पुरानो खर्क, डाँडाखेल पौवा, जातीपोखरी, राकसखोलाको मानेडाँडा, महाङकाल मन्दिर, लक्ष्मीनारायण मन्दिर सिलाङ, शक्तेश्वर मन्दिर वज्रमाठ, ओखरडाँडा चैत्य र शिकारी गाँउ, छडधार लगायतका ऐतिहासिक तथा धार्मिक ठाँउहरु रहेका छन् ।
त्यसैगरि आजादेश्वर मन्दिर सिस्नेरी, लंकाधामी अदुवावारी, सुन्दरीदेवी ठुलोटार, कालीदेवी बल्छी भन्ज्याङ, सेतीदेवी दम्की, नारायणथान मन्दिर टेकर आदि स्थानहरु पनि धार्मिक हिसावले महत्वपुर्ण रहेका छन् । हाल यस गाँउपालिका क्षेत्रमा विभिन्न पार्कहरु जस्तै शान्ती बगैचा बाटिका कुलेखानी साविकको वडा नं. ९ हाल वडा नं.२, पिक्निक स्पट कुलेखानी साविकको वडा नं. ९ हाल वडा नं.२, आउटलेट रहेको स्थान, काशिचौर फाखेल साविकको वडा नं. ४ हाल पनि वडा नं.४ र पिक्निक स्पट मार्खु साविकको वडा नं. ८ हाल वडा नं.१ रहेका छन् । यसको वारेमा अध्ययन अनुसन्धान गरी ग्रामीण पर्यटन प्रबद्र्धन गर्न सक्ने सम्भावना रहेको छ र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याई प्रसस्त आय आर्जन बढाउन सक्ने अवसरहरु पनि रहेका छन ।
Showing the latest 12 of 19 notices.
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.