Indrawati Rural Municipality Home / Directory
Indrawati Rural Municipality
Nawalpur
Government
Office Info
Address Nawalpur
Phone
Not available
Email 2 info@indrawatimun.gov.np

ईन्द्रावती गाउँपालिका, ईन्द्रावती नदि किनारमा अवस्थीत रहेको छ । प्राचिन कालमा भगवान इन्द्रको मनोरम स्थनलको रुपमा ईन्द्रावती नदी रहको किवदन्ती बमोजिम, ईन्द्रावती नदीको नामबाट नै यस गाउँपालिकाको नाम रहन गएको पाइन्छ । तराइको हावापानी संग मिल्दोजुल्दो ईन्द्रावती नदीकिनारको भिमटार फाँट देखी उच्च पहाडी सिम्पालकाभ्रे सम्म फैलिएको यस गाउँपालिकामा भौगोलिक, सामाजिक, साँस्कृतिक, धार्मिक विविधताले भरिपूर्ण रहेको छ । नेपाल सरकारको मिति २०७६।११।२७ गतेको निर्णयानुसार साविकका सात वटा गा.वि.सहरु सिम्पालकाभ्रे, कुन्चोक, नवलपुर, बाडेगाउँ, सिपापोखरे, भोटसिपा र भिमटार मिलाएर यस गाउँपालिका गठन गरिएको हो । 

ईन्द्रावती गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार बागमती प्रदेशमा पर्दछ । ईन्द्रावती गाउँपालिका भौगोलिक हिसाबले ८५°३४’३५” देखि ८५°४१’३४” र पूर्व देशान्तरसम्म २७°४२’१९” देखि २७°५२’०३”उत्तरी अक्षांश सम्म फैलिएर ईन्द्रावती नदीको काखमा प्राकृतिक मनोरम संरचना सहित उच्च पहाडी क्षेत्रमा अवस्थित छ । १०५.११ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस ईन्द्रावती गाउँपालिकाको उत्तरमा पाँचपोखरी थाङपाल र जुगल गाउँपालिका पश्चिमतर्फ मेलम्ची नगरपालिका, दक्षिणमा काभे्रपलाञ्चोक जिल्ला र पूर्वमा चौतारा साँगाचोकगढी नगरपालिका र जुगल गाउँपालिका रहेका छन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.