Isma Rural Municipality Home / Directory
Isma Rural Municipality
Isma Rajthal, Gulmi
Government
Office Info
Address Isma Rajthal, Gulmi
Website ismamun.gov.np
Email 2 ismaruralmunicipality@gmail.com
Notice Board 1618070707901

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रहेको दक्षिण एसियाली भूपरिवेष्ठित राष्ट्र; प्राकृतिक, साँस्कृतिक, जातीय, धार्मिक एवम राजनैतिक विविधता बीचको अटुट एकता भएको सुन्दर देश नेपालको लुम्बिनी प्रदेश अन्तर्गत गुल्मी जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित इस्मा गाउँपालिका ऐतिहासिक पृष्ठभूमिबाट नामकरण भएको हो ।वि.सं. १५५० ताका स्थापना भएको इस्मा चौबिसे राज्य मध्येको एक थियो। शुरुवाती समयमा अर्याल जातिको शासन रहेको इस्मा प्रारम्भमा ४००० कुरिया र २४ मौजा (गाँउ) ले बनेको थियो।यसको सीमाना पूर्वमा मुसिकोट, पश्चिममा अग्लुङ्ग, उत्तरमा ग्वालिचौर र दक्षिणमा धुर्कोटसम्म थियो। वि.सं. १८४३ साल असोज ४ गते गोरखा राज्यमा एकीकरण हुनु पूर्व यहाँ ठकुरी (राठौर) जातिको शासन रहेको इतिहासमा पाउन सकिन्छ ।


वि.सं. २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानले व्यवस्था गरेको स्थानीय सरकारको अवधारणा बमोजिम ७५३ स्थानीय तहमध्ये इस्मा गाउँपालिका पनि एक हो । यस गाउँपालिकाको पूर्वमा मुसिकोट र रेसुङ्गा नगरपालिका, पश्चिममा मालिका र धुर्कोट गाउँपालिका, उत्तरमा मालिका गाउँपालिका र दक्षिणमा धुर्कोट गाउँपालिका रहेका छन् । यस गाउँपालिकामा ६ वटा वडाहरु रहेका छन् जसमा साबिकको हस्तिचौर गा.वि.स. लाई २ वटा वडा १ र २ मा विभाजन गरिएको छ भने दर्लामचौर, दोहोली, इस्मा रजस्थल र अमरपुर गा.वि.स. हरुलाई क्रमश ३, ४, ५ र ६ वडाहरुमा विभाजन गरिएको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ८१.८८ वर्ग कि.मी. रहेको छ भने यहाँको जनसंख्या महिला १०१२० (५४.६ प्रतिशत) र पुरुष ८४०९ (४५.४ प्रतिशत) गरी जम्मा १८५२९ जना (राष्ट्रिय जनगणना २०७८ ) रहेको छ । यसको औषत उचाई समुन्द्री सतहवाट १५०० मि. रहेको छ । साविक इस्मा रजस्थल गा.वि.स.को कार्यालय रहेको स्थान दाबाटमा अस्थायी कार्यालय स्थापना गरी दैनिक सेवा-प्रवाह गरिदै आएको छ ।

 

यहाँका मुख्य स्थानहरुमा इस्मा कोट, इस्मा मैदान, दोहली, नयापोखरा, रामकोट, ठाड्ढुङ्गा, हस्तिचौर, रातडाँडा, छल्दीपनाह, छिनुवा, हुलाके, बुल्म, अमरपुर, चाँपटारी, दोबाट आदि रहेका छन । यस गाउँपालिकामा मा.वि. ७ वटा तथा आधारभुत र अन्य गरी जम्मा ४५ वटा शैक्षिक संस्थाहरु रहेका छन् भने ५ वटा स्वास्थ्य चौकी, एउटा आधारभुत स्वास्थ्य सेवा केन्द्र र ३ वटा सामुदायिक स्वास्थ्य संस्था रहेका  छन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.