पुर्वाञ्चलको मुटु इटहरीको नामाकरण बारे खोज्दै जांदा यहांको आदिवासी चौधरी थारु हरुको बोलिचालीबाट यस ठांउको नामाकरण भएको बुढापाकाहरु बताउंछन । पुर्वाद्धदेखि नै यस ठांउमा ईटाको प्रयोग विभिन्न प्रयोजनका लागी हुदै आएको थियो । त्यसैताका राणा शासनको समयमा शान्ति सुरक्षार्थ थाना, चौकी राखी अपराधीहरुलाई सजाय दिने नियतले ईट र काठ मिलाएर बनाइएको तुरुङ्ग खुट्टालाई चेपुवा भित्र राखेर सजाय दिने एक साधन निर्माण गरिएको थिए । यहांको आदीवासी चौधरीहरुको भाषामा ईट्टालाई ईट, र काठ लाइ हरी भनिने भएकोले उक्त इट र हरी मिलेर इटहरी नामाकरण रहन गएको बुढापाकाहरु बताउछन ।
मिति २०७१।८।१६ को नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार इटहरी नगरपालिका, खनार गा.वि.स., पकली गा.वि.स, एकम्बा गा.वि.स र हासपोसा गा.वि.स मिलेर इटहरी उप-महानगरपालिका घोषित भएको थियो ।
फोन नम्बर :
+९७७ ०२५-५८०५०९, ५८००४६, ५८१७०६, ५८४५५९, ५८४५५८, ५८४६५८
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.