Jaimini Municipality Home / Directory
Jaimini Municipality
Kushmisera, Jaimuni MUN, Baglung, Gandaki
Government
Address Kushmisera, Jaimuni MUN, Baglung, Gandaki

जैमिनी नगरपालिका वागलुङ जिल्लाको दक्षिण भेकमा रहेको छ । यो नगरपालिका नेपाल सरकारले मिति २०७३।११।२७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरे अनुसार स्थापना भएको हो । वेदव्यास पुत्र जैमिनी ऋषिले योगसाधना र तपस्या गरेको मानिने पुण्यभूमि जैमिनीक्षेत्रको नामबाट नामाकरण गरिएको यस नगरपालिकाको मध्ये भागमा शास्त्रीय मान्यता प्राप्त जैमिनीधाम रहेको छ । जैमिनी ऋषिको तपस्याका बलले अझै पवित्र वनेको तीर्थस्थल क्षेत्र भएकोले पनि जैमिनी ऋषिकै नाम समेत जोडेर यस नगरपालिकाको नाम जैमिनी रहन गएको पाईन्छ । यस नगरपालिकाको केन्द्र कुस्मीसेरा बजारमा रहेको छ । पवित्र कालिगण्डकीको मध्यभागमा पर्ने यो नगरपालिका कालिगण्डकी कोरिडोर सडकबाट भारत र चिनसँग समेत जोडिएको छ । जैमिनी नगरपालिका साविक गा.वि.स कुश्मीसेरा, दमेक, सर्कुवा विनामारे, अर्जेवा, जैदी, छिस्ती, पैञ्युथन्थाप र राङखानी गरी १० वडामा समेटिएको छ भने जनसंख्या ३१,४३० (ज.ग.२०६८) रहेको छ । यसको क्षेत्रफल ११८.७१ वर्ग कि.मी रहेको छ  । यस नगरपालिकाको सिमाना पूर्वमा पर्वत जिल्ला, पश्चिममा गल्कोट नगरपालिका र बरेङ गाउँपालिका, उत्तरमा काँठेखोला गाउँपालिका र वाग्लुङ नगरपालिका तथा दक्षिणमा गुल्मी र पर्वत जिल्लासँग जोडिएको छ ।

जैमिनी नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.