Janaki Rural Municipality Home / Directory
Janaki Rural Municipality
Durgauli, Janaki RM, Kailali, Sudurpashchim
Government
Address Durgauli, Janaki RM, Kailali, Sudurpashchim
Email 2 ito@janakimunkailali.gov.np

जानकी गाउँपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा रहेको छ । यस गाउँपालिकामा साविकका दुर्गौली, जानकीनगर, मुनुवा र पथरैया गरि ४ ओटा गा.वि.स. समावेश गरि ९ वटा वडा कायम गरिएको छ । यो गाउँपालिका पूर्व पश्चिम राजमार्ग अवस्थित लम्की चोकबाट दक्षिणतर्फ करिब १० किलोमिटरको दुरीमा रहेको छ । विश्व मानचित्रमा जानकी गाउँपालिकाको भौगोलिक अवस्थिति २८० ३१' देखि २८०३६'५" उत्तरी आक्षांस सम्म र ८१०२' देखि ८१०१६' पूर्वी देशान्तरसम्म फैलिएको छ । त्यसैगरी १०७.२७ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा बर्दिया जिल्ला, पश्चिममा जोशीपुर गाउँपालिका, उत्तरमा लम्की चुहा नगरपालिका र दक्षिणमा टीकापुर नगरपालिका रहेका छन् ।

 

कैलाली जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरुमा विकासको राम्रो सम्भावना बोकेको गाउँपालिकाको रुपमा जानकी गाउँपालिका रहेको छ । यसका अतिरिक्त यहाँका सचेत राजनैतिक दल र उत्प्रेरीत गाउँपालिका बासी समेत दरिलो अनि दीगो विकासको श्रोतका रुपमा रहेका छन् । वि.सं. २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या ४९,८६० रहेको छ जसमध्ये महिलाको जनसंख्या २६,६६२ (५३.५ %) र पुरुषको जनसंख्या २३,१९८ (४६.५ %) रहेको छ । यस गाउँपालिकामा यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । जनगणनाको तथ्याङ्क अनुसार सबैभन्दा बढी थारु जाति २९,७९९ जना (५९.८%), देस्रोमा क्षेत्री ५,३७८ (१०.८%) र तेस्रोमा ब्राहमण (पहाडी) ४,८२२ (९.७%) हरुको बसोबास रहेको छ । तराई क्षेत्रमा रहेको यस गाउँपालिकामा ब्यापार, उद्योग, कलकारखाना, प्राकृतिक स्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ  र स्थानीय बासिन्दाको आम्दानीको अन्य मुख्य स्रोतहरुमा व्यापार, उद्योग, नोकरी साथै वैदेशिक  रोजगार पनि एक हो । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । यस गाउँपालिकामा अधारभूत देखि माध्यमिक शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरु रहेका छन् । अधिकांश घरमा विद्युतीकरण भएको भएता पनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगताको पहुँचमा पुग्न सकिरहेका छैनन् । विगतमा लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधिको अभाब, योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापन कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सिकरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ ।

जानकी गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.