Janakpurdham Sub-Metropolitian City Home / Directory
Janakpurdham Sub-Metropolitian City
Government
Office Info
Address Not available
Fax 041-520510
Email 2 jankpursmc@gmail.com

महषिर् जनकको पूण्यभूमि, माता जानकीको पवित्र जन्मस्थलको रुपमा देश विदेशमा परिचित जनकपुर नगरपालिकाको स्थापना वि.सं. २०१७ सालमा भएको हो । वि.सं.२०७१ साल बाट यस नगरपालिकाको नाम जनकपुरधाम कायम रही उप-महानगरपालिकामा परिणत भएको हो । नेपालको संविधान -२०७२) अनुसार यो उप-महानगरपालिका प्रदेश नं.२ मा पर्दछ । हाल प्रदेश नं.२ को राजधानी यसै उप-महानगरपालिकामा अवस्थित छ । समुद्री सतहबाट ९० मीटर उचार्इंमा रहेको छ । संघीय राजधानी काठमाण्डौं देखि ४५० कि.मि.को दुरीमा रहेको जनकपुरधाम उप-महानगरपालिका २५ वडामा विभाजित रहेको छ । यस उप-महानगरपालिकाको क्षेत्रफल ९१.९७ वर्ग कि.मि. रहनुका साथै भू-सतह प्रायः सबै समतल रहेको छ । यसको सिमा क्षेत्र पर्ूवमा औरही गाउंपालिका छ भने पश्चिममा पिपरा गांउपालिका उत्तरमा लक्ष्मीनिया गांउपालिका छ भने दक्षिणमा नगर्राईन नगरपालिका रहेको छ । वि.सं.२०६८को जनगणना अनुसार कूल जनसंख्या १,६२,१७२ जसमा महिलाको जनसंख्या ७७,८९६ तथा पुरुषको जनसंख्या ८४,२७६ साथै घरसंख्या ३०,५८९ रहेकोे छ र पर्ूवमा जलादी तथा पश्चिममा दुधमती मूख्य नदी रहेका छन । यस उपमहानगरपाकिाको औषत तापक्रम न्यूनतम ७ ड्रि्री देखि अधिकतम ४० ड्रि्री सम्म मापन भएको देखिन्छ ।

स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाति तथा समुदायका मानिसहरुले मनाउने चार्डपर्व जस्तै दशैं, तिहार, छठ, माघे संक्रान्ती, होली, कृष्ण जन्माष्टमी, बकर्रर् इद, उलर् इद फितर, बुद्ध जयन्ती, रामनवमी, जानकीनवमी, विवाहपञ्चमी, झुला पर्वर् रहेका छन् । स्थानीय स्तरमा वोलिने भाषा नेपाली, मौथिली, भोजपुरी, हिन्दी, उर्दु, थारु छन । प्रमुख पोशाकको रुपमा धोती कर्ुता, पेन्ट, शर्ट, कोट, गुन्यु चोली, सारी व्लाउज रहेका छन् । यहां हिन्दु, मुस्लिम, बौद्ध, क्रृश्चिन, जैन धर्मावलीहरुको बसोवास रहेको छ । पौराणिक र ऐतिहासिक पर्यटकिय स्थलको रुपमा जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, मणिमण्डप, र्स्वर्गद्वार, लगायतका छन । यहांको जनजिवनको मुख्य आर्थिक श्रोतहरुमा कृषि, व्यापार, व्यवसाय, नोकरी प्रमुख छन् । उप-महानगरपालिकाको आम्दानीको मुखय स्रोतहरु घर जग्गा कर -सम्पत्ति कर), हाट बजार, व्यवसाय कर, नक्सा दस्तुरर्,र् इजाजत तथा नवीकरण दस्तुर तथा अन्य दण्ड जरिवाना रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.