Jantedhunga Rural Municipality Home / Directory
Jantedhunga Rural Municipality
Chisapani
Government
Address Chisapani

खोटाङ जिल्लाको दक्षिणी भेगमा अवस्थित यस जन्तेढुङ्गा गाउँपालिका सदरमुकाम दिक्तेलबाट करिब १८ कोष दक्षिण पश्चिम तथा पूर्वमा आमचोक गाउँपालिका (भोजपुर), दक्षिणमा चौदण्डीगढी नगरपालिका (उदयपुर), पश्चिममा बराहपोखरी गाउँपालिका (खोटाङ) र उत्तरमा खोटेहाङ गाउँपालिका (खोटाङ) को बिचमा अवस्थित छ । यस गाउँपालिकाको  कुल क्षेत्र फल १२८.६२ स्क्वायर किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १२०१६ रहेको छ।विविध जातजाती, भाषाभाषी र विभिन्न धर्मालम्वीहरु रहेको यस गाउँपालिकामा राई जातीको बाहुल्यता रहेको पाइन्छ। भिन्न भिन्न जातीले आ-आफ्नै धर्म तथा संस्कृत अनुसार फरक फरक किसिमका चाडपर्वहरू मनाउने भएता पनि साकेला, छोङ्खा चण्डी, दशै तिहार, तिज आदि चाडपर्वहरुको बिशेष महत्व हुने गर्दछ । यस गाउँपालिकाका प्रमुख धार्मिक स्थलहरुमा जन्तेढुङ्गा, देविस्थान, चण्डिथान, भानुमति आदि प्रसिद्ध धार्मिक स्थलहरु रहेका छन् । पर्यटकीय नगरीका रुपमा विकास गर्न सक्ने यस गाउँपालिकामा जन्तेढुङ्गामा, भञ्ज्याङखर्क, चण्डिथान, भानुमति आदि रमणिय स्थानहरु रहेक छन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.