Joshipur Rural Municipality Home / Directory
Joshipur Rural Municipality
Joshipur RM, Kailali, Sudurpashchim
Government
Address Joshipur RM, Kailali, Sudurpashchim
Email 2 info@joshipurmun.gov.np

जोशीपुर गाउँपालिका सुदुरपश्चिम प्रदेश सेती अञ्चल अन्तर्गत कैलाली जिल्ला क्षेत्र नं १  मा पर्दछ । यो गाउँपालिकामा साविकका जोशीपुर र बौनिया  गरी २ ओटा गा.वि.स. समाबेश गरी ७ ओटा वडा कायम गरिएको छ ।  कैलाली जिल्लाको दक्षिण भागमा अवश्थित यो गाउँपालिकाको पूर्वमा लम्की चुहा र टीकापुर नगरपालिका र जानकी गाउँपालिका रहेका छन्  भने पश्चिममा घोडाघोडी नगरपालिका र भजनी नगरपालिका रहेका छन् । यसै गरि उत्तरमा बर्दगोरिया गाउँपालिका तथा दक्षिणमा भजनी नगरपालिका संग जोडीएको छ ।  यो गाउँपालिकाको कुल क्षेत्रफ़ल ६५.५७ वर्ग कि.मि. रहेको छ । जिल्ला सदरमुकाम देखि १०० कि.मि. दुरीमा रहेको यो गाउँपालिका अन्न तथा धान बालीको उत्पादनको लागि कैलाली जिल्लाको राम्रो गाउँपालिकामा पर्दछ । जमिनको भुवनोट अनुसार यो गाउँपालिकाको सम्पूर्ण भुभाग तराई क्षेत्रमा पर्दछ भने उष्ण, उपोषण र समशितोष्ण हावापानी भएको यस गाउँपालिका गर्मी याममा अधिकतम तापक्रम ४३ डि. सेल्सियस सम्म र जाडोमा न्यूनतम तापक्रम ५ डि. सेल्सियस सम्म पुगेको पाइन्छ ।  समुद्रसतह बाट  न्युनतम १४८ मिटर देखि अधिकतम १६२ मिटर उचाई सम्म भू -धरातल रहेको यस गाउँपालिकाको लगभग आधा भू -भाग वन क्षेत्र तथा बुट्यानले भरिएको पाइन्छ । राष्ट्रिय  जनगणना २०७८ अनुसार यस गाउँपालिकाको कुल जनसंख्या ३७१८७ रहेको छ । जसमध्ये १९४३३ महिलाको संख्या छ भने १७७५४ पुरुष रहेका छन् । मुख्य जातिका रुपमा थारु ,क्षेत्रि ,ब्राम्हण तथा दलितहरुको बसोबास रहेको पाइन्छ । प्रशासनिक विभाजनका सन्दर्भमा, नेपालको सुदुरपश्‍चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने कैलाली जिल्लाको निर्वाचन क्षेत्र नं.१ र इलाका नं. ९ मा पर्ने यो जोशीपुर गाउँपालिका कैलाली जिल्लाको तराई भागमा भएतापनि भौतिक सुविधा निकै कम भएको मानिन्छ ।

 

यस गाउँपालिकाको सबै भु भाग तराई भएकाले कृषिका लागि अत्यन्तै उर्वर जमिन तथा चिम्टयाईलो बलौटे दोमट सबै किसिमको माटो पाइने भएकाले यहाँको माटोको उर्वरा शक्ति राम्रो मानिन्छ । यद्यपी यस क्षेत्रको माटोमा अर्मलयपन भएतापनि यसले खासै असर पारेको देखिएको छैन । यस गाउँपालिकाको लगभग आधा भू- भाग वन क्षेत्र बुट्यान तथा ताल तलैयाहरुले भरिएको छ भने बाँकी भूमि कृषिमा उपयोग हुनुका साथै बस्ती, नदी किनारा, बाटो आदि क्षेत्रले ओगटेको छ । यस गाउँपालिकामा विशेष गरी अन्न बालीहरुमा धान, गहुँ, मकै तथा नगदे बालीमा तोरी, लाही साथै मसुरो, उखु, केरा, आँप लिचि तथा अन्य फलफुल  तथा तरकारी खेतीको लागि राम्रो मानिन्छ । यस जोशीपुर गाउँपालिकामा खेती योग्य जमिन करिब ११२० हेक्टर रहेको छ ।

 

जोशीपुर गाउँपालिका भित्र बसोबास गर्ने धर्मालम्बीहरुमा हिन्दु, क्रिस्चियन, मुश्लिम रहेको पाइन्छ । जोशिपुर गाउँपालिकामा पर्यटकीय स्थल खासै नभएपनि केही मन्दिर तथा तालहरु बाडीबाबा मन्दिर, पेपरा ताल, चरिया ताल र शंकर समुदाय ताल रहेका छन् ।

जोशीपुर गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.