Jwalamukhi Rural Municipality Home / Directory
Jwalamukhi Rural Municipality
Sangabhanjyang, Dhading
Government
Office Info
Address Sangabhanjyang, Dhading
Phone
Not available

संघिय गणतान्त्रिक नेपालको  वागमती प्रदेश स्थित धादिङ जिल्लाको सदरमुकाम धादिङ बेशी देखि करिब ११ कि.मि. को दुरीमा केन्द्र रहेको यस गाउँपालिका साविकका चार गा.बि.स.चैनपुर, खरि, ढोला र मैदी मिलि घोषणा भएको यस गाउँपालिकामा हाल ७ वटा वडाहरु रहेका छन् । पूर्ब तर्फ निलकण्ठ नगरपालिका, पश्चिम तर्फ  गोरखा जिल्ला, उत्तर तर्फ निलकण्ठ नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका र दक्षिण तर्फ  सिद्धलेक गाउँपालिका अबस्थित छ । यस ज्वालामूखि गाउँपालिकाको जनसंख्या गाउँपालिकाको पार्श्वचित्र अनुसार ३२९२२ रहेको छ भने क्षेत्रफल ११४.५ वर्ग कि.मि. रहेको छ ।साथै कुल घरभुरी संख्या करिब ५७३० रहेको छ। भौगोलिक हिसाबले सदरमुकाम देखि निकट रहेको यस गाउँपालिका क्षेत्र भित्रको कुनै पनि भु–भाग विकट अबस्थामा रहेको देखिदैन । भुगोलका हिसाबले यस गाउँपालिकाको नक्सा गोलाकार रहेको छ । गाउँपालिका स्तरीय कुनै पनि सडक कालो पत्रे भएको नभएता पनि गाउँपालिका अन्तरगतका सबैवडा कार्यालयहरु सम्म कच्ची मोटर बाटोको सुबिधा पुगेको छ । पशुपालन ब्यबसायका दृष्टिले बाख्रा पालन ब्यबसायको सम्भावना मजबुत देखिन्छ भने अन्य पशुपालनको पनि सम्भावना त्यत्तिकै रहेको देखिन्छ । कृषि ब्यबसाय तर्फ खाद्य बालिमा धान, मकै, कोदो र गहु उत्पादन हुन्छ भने अन्य बाली तर्फ अदुवा, पिडालु र मौरी पालनको पनि उत्तिकै सम्भावना रहेको छ । राजनैतिक हिसाबले जिल्लाका विर्वाचन क्षेत्र मध्ये यस गाउँपालिकाका सबै वडाहरु निर्वाचन क्षेत्र नं. २ अन्तरगत पर्दछ ।यस गाउँपालिकाको सामिप्यमा रहेरका नेत्रावति र बुढिगण्डकीको अविरल बहावका कारण बुढिगण्डकीको सौदर्यता, चरन क्षेत्र,पर्यटकीय हिसाबले निकटबाट नियाल्न सकिने पाविल हिमाल, गणेश हिमाल र टारहरुको मनमोहक दृश्य तथा संस्कृतिका रुपमा रहेका जलमूखिमाइ, ढोला मण्डली, मैदी कोट, खरि कोट र चैनपुर कोट जस्ता धार्मिक, पुरातात्विक  एबं पर्यटकिय प्रचुर सम्भावना बोकेको छ । जिल्ला स्थित टारहरु मध्ये पिपलटार जिल्लाकै महत्वपूर्ण टार मानिन्छ । साथै अत्याधुनिक प्रविधि एबं जलासययूक्त राष्टिय गौरबको बुढिगण्डकी जलविधुत आयोजनाले प्रबाभित एबं डुवान मध्ये यस ज्वालामूखी गाउँपालिकाको वडा नं. १ , ५ र ७ पर्दछन । साथै उक्त योजना सम्पन्न पश्चात संकलित जलासयमा जलयात्राको ब्यबस्थापन गरि गाउँपालिकाको आन्तरिक आय बृद्धि हुने सम्भवना देखिन्छ  ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.