Kabilashi Municipality Home / Directory
Kabilashi Municipality
Government
Address Not available

कविलासी नगरपालिकाको संक्षिप्त परिचय कविलासी नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको मधेश  प्रदेश अन्तर्गतको सर्लाही जिल्लामा पर्ने एक स्थानीय तह हो । यस नगरपालिकाको कूल क्षेत्रफल ४८.११ वर्गकिलोमिटर रहेको छ । यहाँको कूल जनसंख्या ४४,२०४ रहेको छ । यस नगरपालिकामा १० वटा वडा रहेका छन् । यस नगरपालिकाको केन्द्र वडा नं. ८ स्थित साविक कविलासी गा.वि.स. कार्यालयमा अवस्थित रहेको छ। दक्षिण र उतर हुलाकी लोकमार्ग अवस्थित कविलासी नगरपालिका क्षेत्रभित्रका कृषि क्षेत्रमध्ये एक मुख्य क्षेत्र हो । पूर्वमा चन्द्रनगर र ब्रहम्पुरी गाउपालिका, पश्चिममा बरहथवा नगरपालिका र चक्राघटा गाउपालिका, उत्तरमा हरिपुर नगरपालिका, र दक्षिणमा मलंगवा नगरपालिका र चक्राघटा गाउपालिका सिमाना जोडिएको छ । यस नगरपालिका भित्र सर्लाही जिल्लाकै सबै भन्दा प्रसिद्ध  धार्मिक तथा ऐतिहासिक मन्दिर चमेली माई  र गढी माई मन्दिर रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.