Kageshwori Manohara Municipality Home / Directory
Kageshwori Manohara Municipality
Danchi
Government
Office Info
Address Danchi
Email 2 er.kageshworimun@gmail.com

वडा नं. १ (साविकको गागलफेदी गा.वि.स.) मा अवस्थित ऐतिहासिक धार्मिक स्थल कागेश्वरी महादेव मन्दिर र मनोहरा खोलाको नामबाट नामाङ्कन गरिएको हो । यस नगरपालिका मिति २०७१ साल मंसिर १६ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयबाट साविकको गोठाटार, मूलपान, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गा.वि.स.हरुलाई समायोजन गरी गठन गरिएको हो।

विविध धार्मिक,  साँस्कृतिक, प्राकृतिक श्रोतहरुको पहिचान बोकेको यस नगरपालिका  २७ ४१' २०”  देखी २७ ४६' ३३”  उत्तर अक्षांश र ८५ २१' ४५”  देखी ८५ २८' १९”  पूर्वी देशान्तर मा अवस्थित रहेको छ । समुद्री सतहबाट १२९७ मिटर देखी २२५८ मिटर उचाईमा रहेको यस नगरपालिका जम्मा २८.८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस नगरपालिको पूर्वमा शंखरापुर नगरपालिका, दक्षिण पूर्वमा भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिका, दक्षिण पश्चिममा काठमाडौँ महानगरपालिका र  उत्तर पश्चिममा  गोकर्णेश्वर नगरपालिका पर्दछ। यस नगरपालिकाको हावापानी समशितोष्ण प्रकारको छ। भौगोलिक हिसाबले समथल जमिनदेखी शिवपुरी लेकसम्मको अवस्थिति रहेको छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.