Kalaiya Sub-Metropolitan City Home / Directory
Kalaiya Sub-Metropolitan City
Kalaiya SMC, Bara, Madhesh
Government
Address Kalaiya SMC, Bara, Madhesh

२०३९ सालमा स्थापित काठमाण्डौंबाट ३०६ कि.मी. र वीरगंजबाट पूर्व १२ कि.मी. को दुरीमा अवस्थित बारा जिल्लाको सदरमुकाम रहेको नगरपालिका हो । स्थापनाकालमा यस उ.म. न.पा. मा तत्कालिन कलैया, बरेवा, भवानीपुर, बैरिया, बघवन, रामपुर गाविसलाई समेटिएको थियो । ११ वडामा विभाजित यस उ.म.न.पा. मा २०४७ सालमा भतौडा, ब्रम्हपुरी, विशम्भरपुर गाविस थप गरी १४ वडामा विस्तार गरी यसको क्षेत्रफल बढाईएको थियो । एशियाकै ठूलो बली चढ्ने श्री गढीमाई मन्दिर नजिक भएको कारणले यस उ.मा​.न.पा. पर्यटकीय क्षेत्रको रुपमा पनि विकसित हुने क्रममा छ । 

 

बारा जिल्लाको दुई मध्ये एक उपमहानगरपालिका कलैया सांस्कृतिक विविधताको धनी नगरपालिका हो । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसंख्या ७,६३,१३७ मध्ये यस उपमहानगरपालिकाको पछिल्लो तथ्याँक अनुसार कुल २२,१२५ घरधुरीमा १,३६,२२२ जनसंख्या रहेको छ जुन जिल्लाको कुल जनसंख्याको १७.८५ प्रतिशत हुन आउछ । वि.सं. २०३९ सालमा स्थापना भएको कलैया उपमहानगरपालिका हाल जिल्लाको ४ निर्वाचन क्षेत्र मध्ये निर्वाचन क्षेत्र नं. ३  मा पर्दछ । साविकमा १४ वटा वडामा विभक्त भई कार्य गर्दै आएकोमा नेपाल सरकारको निर्णय अनुसार आव २०७३।०७४ मा ८ वटा गाविसहरु धर्मनगर, बलिरामपुर, बघवन, दोहरी, उत्तरझिटकैया, भतौडा, मोतीसर र सिसहनीया गरी १३ वडा थप भई हाल कुल वडा संख्या २७ कायम भएको छ । ९ वटा शहरी वडाहरु र १८ वटा ग्रामिण वडाहरु रहेको यस उ.मा​.न.पा. मा विगतको तथ्याक अनुसार कुल ७७ किमि सडकहरु रहेकोमा १२ किमि कालोपत्रे, ३ किमि ढलान र ३४ किमि ग्राभेल र बाँकी सडकहरु कच्ची रही आएकोमा हाल विस्तारित वडाहरुको समेत गरी सडक विस्तार भएको छ । यसबाट नगरले सडक सुधार लगायत भौतिक विकासमा ध्यान दिनु पर्ने देखिन्छ । बारा जिल्ला र कलैया उ.म.न.पा. को मानवीय विकास सुचाँक न्यून रहेकोले मानवीय र सामाजिक विकासलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।

कलैया उपमहानगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.