Kalinchok Rural Municipality Home / Directory
Kalinchok Rural Municipality
Sunkhani
Government
Office Info

बागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका नेपालको संबिधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम गरिएको एक भौगोलिक तथा प्रशासनिक इकाई हो । दोलखा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोक भगवतिको नामबाट नामकरण गरिएको यस गाउँपालिकामा जम्मा ९ वटा वडाहरु   रहेका छन् । नेपालको संघीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचानामा स्थानीय तहको नयाँ सीमांकन गर्दा यो गाउँपालिका ६ वटा साविकका गाविसहरु कालिन्चोक, लापिलाङ, बाबरे, सुनखानी, लामीडाडा र सुन्द्रावतीबाट रुपान्तरण भइ स्थापना भएको हो ।

यस गाउँपालिकाको सिमाना पूर्वमा गौरीशंकर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा बिगु गाउँपालिका र दक्षिणमा यसै जिल्लाको भिमेश्वर नगरपालिका रहेको छ । दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट १६ कि.मि. उत्तरमा १३२.४९ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ​ । जनगणना २०११ को तथ्यांक अनुसार पुरुष ८,८४६ र महिला ९,६०३ गरि जम्मा जनसंख्या २२९५४ रहेको छ| सोही जनगणना अनुरुप यस गाउँपालिकाको जम्मा घरधुरी संख्या ४,४१८ , जनघनत्व २८ प्रति वर्ग कि.मि. र औसत घरधुरी आकार ४.२ रहेको पाइन्छ । कालिन्चोक गाउँपालिका दोलखा जिल्लाको उत्तरी भूभागमा रहेको गाउँपालिका हो ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.