कर्जन्हा नगरपालिका मधेस प्रदेश अन्तर्गत सिरहा जिल्लामा पर्दछ । ७६.८४ वर्ग कि.मी. क्षेत्रफल रहेको यस नगरपालिकाको पूर्वमा मिर्चैया नगरपालिका, पश्चिममा धनुषा जिल्ला, उत्तरमा उदयपुर जिल्ला र दक्षिणमा कल्याणपुर नगरपालिका पर्दछ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०११÷२२ गतेको निर्णयानुसार साविकको बडहरामाल, कर्जन्हा, कल्याणपुर कालाबञ्जर र गौताडी गा.वि.स. समावेशी गरी जम्मा ७ वटा वडा कायम गरी कर्जन्हा गाउँपालिका बनाइएको थियो भने पुनः नेपाल सरकारको मिति २०७४÷२÷८ गतेको निर्णयानुसार कर्जन्हा गाउँपालिकालाई हालको नगरपालिकामा स्तरोन्नति गरी जम्मा ११ वटा वडा कायम गरिएको हो । राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजा बमोजिम यस नगरपालिकाको जनसंख्या १८,९६५ जना पुरष र १९,९७५ जना महिला गरी कूल ३८,९४० रहेको छ (स्रोतः केन्द्रिय तथ्याङ्क विभाग) । जातीय तथा भाषिक विविधता रहेको यस नगरपालिकामा मुख्यता दलित (सबैभन्दा धेरै), क्षेत्रीय, ब्राह्मण, यादव, गुप्ता, दास, मुसहर, मुसलमान, राई, मगर र अन्य जातजातिहरुको बसोवास रहेको छ भने मैथिली, नेपाली, उर्दू, हिन्दी आदि भाषा बो लिन्छन् । यस पालिकामा गरिबीको रेखामुनिको जनसङ्ख्या समेत बढी रहेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पालिकामा विभिन्न धार्मिक, साँस्कृतिक र मनोरञ्जनात्मक पर्यटकीय स्थलहरु रहेको छ । वडा नं. २ मा अवस्थित बाबा तालको रमणीय हेर्न, पिकनिक, वनभोज खान तथा ढुङ्गा चढ्न तथा नजिकमा रहेको महादेवको मन्दिरमा दर्शन गर्न वर्षेनी हजारौं पर्यटकको आवगमन हुन्छ । नन्दबाबा, मरेवा घाट, शिव मन्दिर आदि जस्ता धार्मिक स्थलमा बढ्दो जनविश्वासका कारण हजारौं दर्शनालम्बीहरुको आवगमन हुन्छ । कार्तिक पूर्णिमाको दिन स्वदेश तथा छिमेकी मुलुक भारतबाट समेत लाखौं भक्तजनहरु उत्तरबाहिनी नदीमा स्नान गरी पुण्य कमाउन वर्षेनी आउने गर्दछन् भने उक्त दिन धामी झाक्रीले भूत खेल्ने हुँदा सो मेललाई भुतमेलाका रुपमा समेत चित्रण गरिएको पाईन्छ । नगरपालिकाको औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरुमा व्यापार, व्यवसाय, लघु उद्योग, जागिर साथै आन्तरिक र वैदेशिक रोजगार हुन् । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेको यहाँका बासिन्दा क्रमशः आधुनिक जीवनशैलीमा समेत अभ्यस्त हुँदैछन् । अध्ययनका लागि यस नगरपालिकाको शैक्षिक संस्थाहरुमा स्थानीय विद्यार्थीका अलवा अन्य छिमेकी गाउँपालिका÷नगरपालिका तथा जिल्लाबाट समेत आउने गरेका छन् ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.