काठमाडौं जिल्ला अदालतवि.सं. २०२१ सालमा स्थापना भएको हो। यसको ईतिहास हेर्दा तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाको शासनकाल अघि शुरू अदालतको रूपमा यस जिल्लामा काठमाडौं पूर्व फाँट र काठमाडौं पश्चिम फाँट नामक अदालत रहेका थिए। वि.सं. १९६२ मा नेपालमा भारदारी अदालत स्थापना भएपछि साविकका ईटाचपली र कोटिलिङ्ग अदालतहरू क्रमशः राजधानी काठमाडौं फौजदारी अदालत र राजधानी काठमाडौं देवानी अदालतमा परीणत भएको पाईन्छ। सो समयमा उपत्यकामा छरिएर रहेका न्यायिक निकायहरू; राजधानी काठमाडौं फौजदारी अदालत, राजधानी काठमाडौं देवानी अदालत, टक्सार र धन्सारलाई वि.सं. १९६३ सालमा डिल्लिबजारमा सारियो। यि चारवटा ईजलास (खाल) एकै स्थानमा राखिएकोले सो ठाउँलाई चारखाल भनियो। यसरी पहिले राजधानी काठमाडौं फौजदारी अदालत र राजधानी काठमाडौं देवानी अदालतको रूपमा रहेकोमा वि.सं. २०२१ साल फागुन ७ गते काठमाडौं जिल्ला अदालत नामाकरण भै हालसम्म सोहि नामबाट सञ्चालित छ। डिल्लिवजारबाट वि.सं. २०५६ सालमा यस अदालतलाई बबरमहल स्थित महालेखा नियन्त्रकको कार्यालय रहेको पुरानो भवनमा सारियो। मिति २०७०।८।३ देखि काठमाडौं महानगरपालिका वडा नं. ११ स्थित बबरमहलमा रहेको नयाँ भवनमा अदालत सञ्चालनमा रहेको छ। स्थान अभावको कारण दोस्रो भवनको रूपमा यस अदालतको ठिक अगाडी (सडक पारी) वन विभागको भवनमासमेत केही ईजलासहरू सञ्चालनमा रहेका छन।
यस अदालतमा हरेक वर्ष १४ हजार भन्दा बढी संख्यामा नयाँ मुद्दा दर्ता हुने र जिम्मेवारी सरी आउने मुद्दा समेत गर्दा वार्षिक रूपमा २२/२३ हजार भन्दा बढी मुद्दाको लगत पुग्ने गर्दछ। फैसला कार्यान्वयका लागि यस अदालतमा वार्षिक रूपमा २५ सय भन्दा बढी निवेदन पर्ने गरेको छ। यसै गरी यस अदालतमा वि.सं. १९४२ साल देखिका ३ लाख पचास हजार भन्दा बढी अभिलेख मिसिलहरू रहेका छन। अदालतको काम कारवाही सञ्चालनका लागि ३३ जना जिल्ला न्यायाधीशको दरवन्दी रहेको छ भने स्रेस्तेदार (उपसचिव)-१, फैसला कार्यान्वयन अधिकारी (उपसचिव)-१, शाखा अधिकृत-३१ सहित २९८ जना अन्य कर्मचारीको दरवन्दी रहेको छ।

Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.