Kedarsyun Rural Municipality Home / Directory
Kedarsyun Rural Municipality
Deura, Kedarsyun RM, Bajhang, Sudurpashchim
Government
Address Deura, Kedarsyun RM, Bajhang, Sudurpashchim
बझाङ जिल्लाको दक्षिण तथा पश्चिमी भागमा अवस्थित केदारस्यूँ गाउँपालिका जिल्लाको मुख्य सडकखण्डसँग जोडिएको गाउँपालिका हो। उच्च पहाडी जिल्लाको रूपमा रहेका बझाङ जिल्लाकै धरातलिय विशेषता झल्काउने यस गाउँपालिका साविकका रायल, बाँझ, भामचौर र भैरवनाथ ४ (चार) वटा गा.वि.स.मिलेर बनेको छ । यो गाउँपालिका हालको संधीय संरचना अनुसार प्रदेश नं. ७ अन्तर्गत पर्दछ । जिल्लाको कुल क्षेत्रफलको ३.३ प्रतिशत भुभाग ओगटने यस गाउँपालिकाको कुल क्षेत्रफल ११३.९१ वर्ग कि.मि रहेको छ । मिति २०७३/११/२७ गते नेपाल सरकारद्वारा प्रकाशित खण्ड ६६,संख्या ५८,नेपाल राजपत्र भाग ४ को पृष्ट नं ३५८ प्रकाशित राज्य पुनसंरचनाको प्रतिवेदन अनुरुप यस नगरपालिकामा जम्मा ९ वटा वडा कायम गरएको छ । वडागत क्षेत्रफल अनुसार यस गाउँपालिकाको वडा नं. १ को क्षेत्रफल १५.४० वर्ग कि.मि रहेको छ जुन कुल क्षेत्रफलको १३.६% रहेको छ । त्यसैगरी वडा नं. २ को क्षेत्रफल ४.४४ वर्ग कि.मि (कुल क्षेत्रफलको ३.९%), वडा नं. ३ को क्षेत्रफल १३.७४ वर्ग कि.मि.(कुल क्षेत्रफलको १२.२%), वडा नं. ४ को क्षेत्रफल १५.७९ वर्ग कि.मि (कुल क्षेत्रफलको १४%), वडा नं. ५ को क्षेत्रफल ११.९९ वर्ग कि.मि.(कुल क्षेत्रफलको १०.६%), वडा नं. ६ को क्षेत्रफल १५.९६ वर्ग कि.मि.(कुल क्षेत्रफलको १४.१ %), वडा नं. ७ को क्षेत्रफल १३.८४ वर्ग कि.मि.(कुल क्षेत्रफलको १२.१%), वडा नं. ८ को क्षेत्रफल १४.८९ (कुल क्षेत्रफलको १३.२%) र वडा नं. ७.८३ वर्ग कि.मि.(कुल क्षेत्रफलको ६.९%) रहको छ।
 
यस केदारस्यूँ गाउँपालिका खुला दिशामक्त, पूर्ण खोप र पूर्ण साक्षर गाउँपालिका घोषणा भइसकेको छ ।
केदारस्युँ गाँउपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.