Kepilasgadhi Rural Municipality Home / Directory
Kepilasgadhi Rural Municipality
Baksila, Kepilasagadhi RM, Khotang, Koshi
Government
Address Baksila, Kepilasagadhi RM, Khotang, Koshi

केपिलासगढी गाउँपालिका प्रदेश नं १ अन्तर्गत खोटाङ जिल्लामा पर्दछ । केपिलासगढी  गाउँपालिका खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बाट करिब ४२ किलोमिटर उत्तर-पुर्व तर्फ १६१० मिटरको उचाइमा १९१.९३ वर्ग कि.मि क्षेत्रफलमा अवस्थित छ । यस गाउँपालिकाको छिमेकी गाउँपालिकाहरुमा पुर्व तर्फ टेम्के मैयुम गाउँपालिका र साल्पा सिलिचोङ गाउँपालिका छन भने पश्चिम तर्फ ऐसेलुखर्क गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रहेका छन त्यस्तै उत्तर तर्फ ऐसेलुखर्क गाउँपालिका, सोलुखुम्वुको सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिका रहेका छन भने दक्षिण तर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र भोजपुरको टेम्के मैयुम गाउँपालिका रहेका छन । यस गाउँपालिकामा जम्मा ७वटा वडाहरु (फेदि–१, खार्तम्छा–२, बास्पानी–३, बाक्सिला–४, सप्तेश्वर–५, दिप्सुङ–६ र सुङ्देल–७) रहेका छन् भने गाउँ कार्यपालिकाको कार्यालय वडा नं ४ अन्तर्गत बाक्सिला बजारमा रहेको छ । यस गाउँपालिकालाई पर्यटकिय क्षेत्रको दृष्टिकोणले हेर्ने हो भने पूर्वमा लौरेडाँडा, ढोलटासे, ढालतरवार डाँडा, घ्याड्डखर्क, वाहानेडाँडा, चिलिमढुङ्गा पूर्व दक्षिणमा जुगे हक्कुले र ४ नं. वडाको केपिलिसगढी डाँडा  अत्यन्तै सम्भावना बोकेको पाइन्छ । त्यति मात्र हैन गाउँपालिकाबाट दक्षिण-पुर्व तर्फमा अवस्थित मैयुमडाँडा पनि सुन्दरताले भरिपूर्ण रहेको पाइन्छ । यस गाउँपालिकामा विशेष गरेर राई जातिको वाहुल्यता रहे पनि क्षेत्री, बाहुन, तामाङ, गुरुङ, नेवार, कामी, दमै, सार्की ,मगर, लिम्वु साथै शेर्पा जातिको पनि वसोवास रहेको छ । जनगणना २०६८ अनुसार यस गाउँपालिकाको जम्मा जनसंख्या ‍१५२८८ रहेको छ । यस गाउँपालिकाका बासिन्दाहरू अधिकाम्स कृषी पेशामा निर्भर रहेका छन भने केही मात्रामा सरकारी नोकरी, व्यापार, व्यवसाय, वैदेशिक रोजगार, सिकर्मी तथा डकर्मी पेशामा निर्भर रहेका छन् ।

केपिलासगढी गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.