Khajura Rural Municipality Home / Directory
Khajura Rural Municipality
Khajura, Banke
Government
Office Info
Address Khajura, Banke
Email 2 info@khajuramun.gov.np

खजुरा गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार लुम्बिनी प्रदेश को बाँके जिल्लामा पर्दछ । उचाइमा विवधता नभएकोले भौगोलिक रुपमा अनुकूल यो गाउँपालिकामा समुद्र सतहबाट १३० मि. देखि १६४ मि.को उचाईसम्मको मात्र विविधता रहेको छ । १०१.९१ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस खजुरा गाउँपालिकाको पूर्वमा कोहलपुर नगरपालिका र जानकी गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला, उत्तरमा बैजनाथ गाउँपालिका र दक्षिणमा भारत पर्दछन् ।

 तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको नमुना बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३ पुस २२ मा पेश गरेको प्रतिवेदन अनुसार तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा देहाय बमोजिम साविकका गा.वि.स. बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर, र रनियापुर समेटर ८ वटा वडाहरू कायम गरी यो गाउँपालिका निर्माण गरिएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल १०१.९१ वर्ग किलोमिटर रहेको छ | २०७८ को जनगणना अनुसा खजुरा गाउँपालिकाको कुल जनसंख्या ६२७८९ रहेको छ जस मध्य पुरुषको जनसंख्या २९५७९ र महिला जनसंख्या ३३२१० जना रहेको छ र जम्मा परिवार संख्या १३७०६ रहेको छ | यस गाउँपालिकाको मुख्य बजार खजुरा १ र खजुरा २ मानिन्छ । २०७८ को जनगणना अनुसार गाउँपालिका तर्फ सबै भन्दा बढी जनसख्या हुनेमा खजुरा गाउँपालिका तेस्रो स्थान रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.