खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्लाको पश्चिमी भागमा पर्दछ । धार्मीक तथा पर्यटकीय क्षेत्र खप्तड राष्टिय निकुञ्ज र छेडेदह ताल यसै गाउँपालिका मा पर्ने भएकोले यो गाउँपालिका को नामाकरण खप्तड छेडेदह गाउँपालिका भनिएको हो । खप्तड छेडेदह गाउँपालिका निर्धारण तथा सिफारिस प्राविधिक समितिको वैठकबाट उक्त नामबाट साविकका डोगडी, गुदुखाित, आटिचौर, जयवागेश्वरी र काँडा गरी ५ गाविस गाभेर गाउपालिकाको सिफारिस गरेकोमा नेपाल सरकारले सोही नामबाट यस गाउपालिकाको घोषणा गरेको थियो ।
यस गाउँपालिकामा मूख्यरुपमा बेताल, मष्टा, खापर, भगवति, कैलाश, भेराल, आदिं धार्मिक देवि देवता तथा मठमन्दिरहरुको पुजाआजा गर्ने गरिन्छ । खप्तड, छेडेदह, वडालेख आदि जस्ता ऐतिहासिक तथा पर्यटकीय स्थानहरु रहेका छन ।
बाजुरा जिल्लामा रहेका ९ वटा स्थानीय तहहरु मध्ये खप्तड छेडेदह गाउपालिका पनि एक हो । यस गाउपालिको सिमाना पूर्वमा बडिमालिका नगरपालिका, पश्चिममा बझागं जिल्ला, उत्तरमा गौमुल गाउपालिका र दक्षिणमा बुढिगंगा नगरपालिका र अछाम जिल्ला सँग जोडिएको छ । यो गाउपालिका समुद्री सतह देखि १०४० मिटर देखि ३१८०० मि. सम्म फैलिएको छ । यस गाउपालिकाको अधिकाँश भूभाग उच्च पहाडी क्षेत्र भित्र पर्दछ । यो गाउपालिका 516666, 515240 मि पश्चिमी देशान्तर देखि 540649,002753मि.पूर्वी देशान्तर सम्म फैलिएको छ भने 3259643, 452910 मि उत्तर देखि 3246053,996314 मि दक्षिणी अक्षाँश सम्म फैलिएको छ ।
यस गाउँपालिकाको अधिकाँश भु-भाग उच्च पहाडी क्षेत्रमा पर्दछ । यस गाउँपालिकाको अधिकाँश भुभाग भिरालो रहेको छ । कही कही खोला तथा नदी किनारामा भने साना साना फाट तथा खोँचहरु पनि रहेका छन । यस गाउँपालिकामा वनजंगलले मात्र ४१.७३ प्रतिशत भुभाग ओगटेको छ । घासे भु-भाग, वुट्यान र उजाड भुभागले पनि २१.६७ प्रतिशत ओगटेको छ । चट्टानी भागले ०.००९८ प्रतिशत ओगटेको छ ।
३१७४ घरधुरीमा रहेका कुल जनसंख्या १८५७५ मध्ये जन्मेदेखि ५ वर्ष मुनी उमेरका १५.०५ प्रतिशत, ५ देखि १४ वर्ष उमेरका ३०.४८ प्रतिशत, १५ देखि १८ वर्ष उमेरका १०.२३ प्रतिशत, १९ देखि २४ वर्ष उमेर समुहका ६.३३ प्रतिशत २५ देखि ४५ वर्ष सम्मका २०.५३ प्रतिशत, ४६ देखि ५९ उमेर समुहका ९.६३, ६० देखि ६९ उमेर समुहका ४.८१ प्रतिशत र ७० देखि माथिका २.९ प्रतिशत रहेको छ । जातीय रुपमा उपाध्याय, जाेशी, जैशी, रावल, धामी, बुुुढा, रोकाया, थापा, कार्की, कठायत, ल्वार, सार्की, वि.क, , दमाई, सिहं, शाही, बम, कटुवाल, रावत , सेजुवाल,नाथ,गुयाल,विष्ट,गन्दभर्, ओली, खड्का, बुढाथाेकी लगायतका जात जातीहरुको बसोबास रहेको छ ।
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.