Khaptadchhanna Rural Municipality Home / Directory
Khaptadchhanna Rural Municipality
Pasalgar, Khaptadchhanna RM, Bajhang, Sudurpashchim
Government
Address Pasalgar, Khaptadchhanna RM, Bajhang, Sudurpashchim
Toll Free No 18105000046
Email 2 info@khaptadchhannamun.gov.np
Email 3 ito@khaptadchhannamun.gov.np

सुदूर पश्चिमको वझाङ्ग जिल्ला अन्तर्गत पर्ने छान्ना क्षेत्र तथा खप्तड राष्ट्रिय निकुञ्जलाई आधार बनाइ यस गाउँपालिकाको नामाकरण खप्तडछान्ना गाउँपालिका गरिएको छ । यस क्षेत्रको उत्तरतिर गुरेल, लिंगा जस्ता अग्ला पहाड रहेका छन् । यसको दक्षिणतिर प्रकृतिको अमूल्य उपहार खप्तड राष्ट्रिय निकुञ्ज अवस्थित छ । पूर्वमा वाजुरा जिल्ला  रहेको छ ।  पश्चिममा थलारा गाउँपालिका ( विप्रा लेक) अवस्थित छ । यस क्षेत्रको बीचभाागमा नागवेली झैँ सयौं स–साना खोलानालावाट वग्ने जडारी गाड रहेको छ भने  दायाँ वायाँ वस्तीमा खेतका फाँट, साना अग्ला-होचा डाँडाहरु समेत रहेका छन् । उकाली ओराली, हरियाली तथा रमाइलो फाँटहरूका साथै निकै मनोहर  दृश्यहरूले खप्तडछान्ना गाउँपालिकाको शोभा बढाइ रहेका छन् ।२०७३ सालको राज्य पुनःसंरचना अनुसार सुदूरपश्चिम प्रदेशमा बझाङ्ग जिल्ला रहेको छ । बझाङ्ग जिल्लाको दक्षिण पूर्वी भागमा खप्तडछान्ना गाउँपालिका अवस्थित छ ।  साविकका ६ वटा गा.वि.स.हरू मिलेर यो पालिका बनेको छ । साविकका गडराय, पाटादेवल, कालुखेती, माझीगाऊँ,लामातोला र पौवागढी गाउँविकास समितिहरू समेटिएर खप्तडछान्ना गाउँपालिका बनेको छ । यस पालिकामा  ७ वटा वडाहरू रहेका छन् । यो गाउँपालिका समुन्द्री सतहवाट  ४५०० फिट गोठखोला, खैराडा देखि १४०००फि.(गुरेल विनायक). को उचाईसम्म फैलिएको छ । गाउँपालिकाको पूर्वमा बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका, पश्चिममा  बझाङ्गकै थलारा गाउँपालिका उत्तरमा जयपृथ्वी गाउँपालिका र दक्षिणमा खप्तड राष्ट्रिय निकुञ्जको रमणीय क्षेत्रहरुले घेरेको छ । हाल यस गाउँपालिकाको  केन्द्र पसलवगरमा रहेको छ । बझाग‌ंकाे तमैल बाट दक्षिण तिर सेति नदिकाे पुल तरेर याे गाउँपालिकामा पुग्न सकिन्छ । याे गाउँपालिकामा जम्मा जनस‌ंख्या १३४१९ छ जसमध्ये ६०२९ पुरुष र  ७३९० महिला छन ।

खप्तडछान्ना गाँउपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.