नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्लाको उत्तरी पश्चिम भाग मा खार्पूनाथ गाउँपालिका अवस्थित रहेको छ । खार्पूनाथ गाउँपालिका हिमाली जिल्ला हुम्ला को सात वटै गाउँपालिका मध्येको एक गाउँपालिका हो । साविकका ४ गा.वि.सहरु लाली, राया, छिप्रा र खार्पूनाथ मिलेर बनेको यस गाउँपालिका मा ५ वडाहरु रहेका छन् ।
वडा १. लाली
वडा २. थाली
वडा ३. राया
वडा ४. छिप्रा र
वडा ५. खार्पूनाथ
यि सबै वडा लाई समेटेर बनेको यो जनसंख्या, भौतिक पुर्वाधार विकास संगै नागरीकको जीवन स्तरको समेत मुल्यांकन गरि साविकका गाउँविकास समितिहरुलाई गाउँपालिकाको रुपमा विकास गर्ने नेपाल सरकारको निति अनुरुप वि.स. २०७२ साल असोज १ गते स्थापना भएको खार्पूनाथ गाउँपालिका नेपालको कर्णाली प्रदेश अन्तरगत पर्ने एक सुन्दर र ऐतिहासिक गाउँपालिका हो । ७ गाउँपलिका रहेको हुम्ला जिल्ला मध्ये यस गाउँपालिकाको राष्ट्रिय जनगणन २०६८ (सन २०११) अनुसार यस गाउँपालिकाको जनसंख्या ६,०११ रहेको छ । सुन्दर प्रकृतिक वनोट , जैविक विविधताले भरिपूर्ण र विविधतापूर्ण जातिय पहिचान रहेको यस गाउँपालिकाको क्षेत्रफल ८८० वर्ग कि.मी रहेको छ ।
जनसंख्या, भौतिक पुर्वाधार विकास संगै नागरीकको जीवन स्तरको समेत मुल्यांकन गरि साविकका गाउँविकास समितिहरुलाई गाउँपालिकाको रुपमा विकास गर्ने नेपाल सरकारको निति अनुरुप वि.स. २०७३ साल फाल्गुन २७ गते स्थापना भएको खार्पूनाथ गाउँपालिका नेपालको कर्णाली प्रदेश अन्तरगत पर्ने एक सुन्दर र ऐतिहासिक हिमाली जिल्ला हुम्लाको गाउँपालिका हो ।
आफुले तिरेको कर, दस्तुर तथा शुल्क अनि आफ्नो ठाउँको विकासका लागि भनेर संघीय तथा प्रदेश सरकार एवम् राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय संघसंस्थाबाट प्राप्त श्रोत साधनको सही रुपमा उपयोग भयो वा भएन भन्ने कुरा जान्न पाउनु प्रत्येक नागरिकको अधिकार हो । दैनिक प्रशासनिक सेवा प्रवाह तथा विकास निर्माण लगायत गाउँपालिकाबाट सञ्चालन हुने हरेक क्रियाकलापहरुमा तबमात्र अपेक्षित जनसहभागिता प्राप्त गर्न सकिन्छ जब स्थानीय सरकारबाट प्रवाह हुने हरेक क्रियाकलापका बारेमा नागरिकहरुलाई सहि सूचना प्राप्त हुन्छ अनि हरेक क्रियाकलापमा उनिहरुको अर्थपुर्ण सहभागिता सुनिश्चित गरिन्छ ।
नागरिकको सबै भन्दा नजिकको सरकारका रुपमा रहेको हाम्रो गाउँपालिकाले यस कुरालाई मध्यनजर गरी यस्ता सार्वजनिक चासोका हरेक कुरालाई विभिन्न माध्यमद्वारा नगरवासी तथा सरोकारवालाहरु समक्ष ल्याउने क्रममा यो वेभसाइट मार्फत समेत आफ्ना गतिविधि एवं सूचनाहरु प्रवाह गर्ने गरेको छ । वेभसाइटबाट गाउँपालिकाका गतिविधि एवं सूचनाहरुको अध्ययन गरी यहांको रचनात्मक सुझावको अपेक्षा गर्दछौं ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.