खिजीदेम्बा गाँउपालिका” नेपालको १ नंं प्रदेश अन्तर्गत ओखलढुंगा जिल्लाको जिल्ला सदरमुकाम देखी उत्तर पश्चिममा अवस्थित एक गाँउपालिका हो । ओखलढुंगा जिल्लाको ८ वटा स्थानिय तह मध्ये अति दुर्गम गाँउपालिकाको रुपमा रहेको यो गाँउपालिकाको कुल क्षेत्रफल १७९.७७ वर्ग कि.मि मा फैलिएको यो गाँउपालिका साविकका ६ वटा गा.वि.स हरु साथै साविकका पात्ले र पोकली गा.वि.स का केहि वडाहरु सामावेश भई निर्माण भएको यो गाँउपालिकामा जम्मा ९ वटा वडाहरु रहेका छन् । भूगोल र जनसंख्याको असमान वितरण रहेको यो गाँउपालिकाको अधिकांश भूभाग पातलो बस्ती रहेको छ । वि.स २०७८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या १५८७८ रहेको छ भने घरधुरी संख्या ३४६१ रहेको छ । जसमध्ये शेर्पा, तामाङ, सुनुवार, क्षेत्री, नेवार, ब्राम्हन जातका मानसहरु यहाँका वासिन्दाहरु हुन् । विभिन्न जातहरुले आ–आफ्नो धर्म संस्कार मान्दै आएको यो गाँउपालिकामा हिन्दु, बौद्ध, किराँत, क्रिष्चियन धर्मको बाहुल्यता रहेको छ ।
पेशागत रुपमा कृषीलाई प्रमुख पेशाको रुपमा अवलम्बन गर्ने यो गाँउपालिकाका बासिन्दाहरुले स्थानिय होटल, व्यापार व्यवसाय तथा पर्यटन क्षेत्रमा कार्य गरेर आय आर्जन गर्ने गर्दछन भने विभिन्न जडीबुटी प्रशोधन तथा उत्पादन गर्ने देखी काष्ठजन्य र परम्परागत घरेलु हस्तकलाका सामाग्रीहरु समेत निर्माण गरी परम्परागत सीपको संरक्षण र संवर्धन गर्ने कार्य गर्दै आय आर्जन गर्ने कार्य यहाँका मानिसहरु गर्दछन् ।यसरी कृषी प्रणालीलाई परम्परागत रुपमा उत्पादन गर्नै आएका यहाँका कृषकहरु हालका दिनहरुमा आधुनिक व्यावसायिक कृषी प्रणाली बाट कृषी उत्पादन प्रणलीलाई अवलम्बन गरेर आफ्नो कृषी व्यवसाय गर्ने गर्दछन भने प्रसस्त मात्रामा आलु उत्पादन गरी ठूलो मात्रामा निर्यात गर्ने गरेको पाइन्छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.