खोटेहाङ गाउँपालिका प्रदेश नं १ अन्तर्गत खोटाङ जिल्लामा पर्दछ । खोटेहाङ गाउँपालिका खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बाट करिब ९५ किलोमिटर दक्षिण तर्फ ४२९५ फिट उचाइमा १६४.०९ वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित छ । यस गाउँपालिकाको छिमेकी गाउँपालिकाहरुमा दक्षिण तर्फ जन्तेढुंगा र बराहा पोखरी गाउँपालिका रहेका छन भने उत्तर तर्फ दिप्रुङ र साकेला गाउँपालिका रहेका छन। त्यस्तै पूर्व तर्फ भोजपुरको रामप्रसाद गाउँपालिका र टेम्के मैयुम गाउँपालिका रहेकाे छ भने पश्चिम तर्फ उदयपुरको रौतामाई गाउँपालिका रहेको छ। यस गाउँपालिकामा जम्मा
९ वटा वडाहरु (लिकुवा पोखरी–१, वाप्लुखा–२, सावाकटहरे–३, वड्का दियाले–४, चिप्रिङ–५, इन्द्रेणी पोखरी–६, खोटाङ बजार–७, सिम्पानी–८ र लिच्किराम्चे–९)
रहेका छन् भने गाउँ कार्यपालिकाको कार्यालय वडा नं ७ अन्तर्गत खोटाङ बजारमा रहेको छ । यस गाउँपालिकालाई पर्यटकिय क्षेत्रको दृष्टिकोणले हेर्ने हो भने गाउँपालिकाबाट उत्तर तर्फ रहेको ४ नं. वडामा अवस्थित सोलढुङ्गा, ६ नं. वडामा रहेको इन्द्रेणी पोखरी डाँडा र २ नं. वडाको मुलडाँडा सेल्मे कपासे भञ्जयाङ अत्यन्तै सम्भावना बोकेको पाइन्छ। त्यति मात्र हैन गाउँपालिकाबाट उत्तर तर्फमा अवस्थित रानीबन पनि सुन्दरताले भरिपूर्ण रहेको पाइन्छ । यस गाउँपालिकामा विशेष गरेर राई जातिको वाहुल्यता रहे पनि क्षेत्री, बाहुन, तामाङ, गुरुङ, नेवार, कामी, दमै, सार्की, मगर साथै थामि जातिको पनि वसोवास रहेको छ। राष्ट्रिय जनगणना २०७८ उनुसार यस गाउँपालिकाको जम्मा जनसंख्या १६,८४६ रहेको छ जसमध्ये पुरुष ४९ प्रतिशत र महिला ५१ प्रतिशत रहेको छ। त्यस्तै वडाहरु लिकुवापोखरी-१ पुरुष ८०१, महिला ८०९, वाप्लुखा-२ पुरुष ८७८, महिला ९०४, सावाकटहरे–३ पुरुष ९७२, महिला १०१६, वडकादियाले–४ पुरुष ८८६, महिला ९२५, चिप्रिङ–५ पुरुष ४९१, महिला ४६७, इन्द्रेणी पोखरी–६ पुरुष १०१३, महिला १०३०, खोटाङ बजार–७ पुरुष ७८७, महिला ८३७, सिम्पानी–८ पुरुष ११४७, महिला १३२२ र लिच्किराम्चे–९ पुरुष १२८५, महिला १२७६ रहको छ । यस गाउँपालिकाका अधिकांस कृषि पेशामा निर्भर रहेका छन भने केही मात्रामा सरकारी नोकरी, व्यापार, व्यवसाय, वैदेशिक रोजगार, सिकर्मी तथा डकर्मी पेशामा निर्भर रहेका छन् ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.