आफुले तिरेको कर तथा शुल्क अनि आफ्नो लागि भनेर केन्द्रीय सरकार तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त श्रोत साधनको सही रुपमा उपयोग भयो भएन जान्न पाउनु प्रत्येक नागरिकको अधिकार हो । विकास निर्माण लगायत नगरपालिकाका हरेक क्रियाकलापहरुमा तबमात्र अपेक्षित जनसहभागिता प्राप्त गर्न सकिन्छ जब यिनीहरुको छनौट देखि कार्यान्वयन तथा लाभको वितरण सम्मको सहभागिता हासिल गर्न प्रत्येक नागरिकमा सार्वजनिक चासोका हरेक विषयमा प्रभावकारी किसिमले सूचनाको प्रवाह हुन्छ ।
कुशे गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला जाजरकोटको साविकको निर्वाचन क्षेत्र नं. १ का ढिमे र पैंक तथा क्षेत्र नं. २ का साविकका पजारू, टालेगाउँ र अर्छानीलाइ सम्मिलन गरी बनाइएको एक स्थानीय तह हो। समुन्द्री सतहबाट १ हजार ७५ मिटर उचाइवाट सुरु भएको यो गाउँपालिका सवैभन्दा उचाइमा रहेको कुशे गाउँपालिका अन्तर्गत पर्ने कुशे पाटन ४ हजार ३ सय ८८ मिटर उचाइमा रहेको छ । कुशे पाटन गाउँपालिकामा पर्ने सरुगाड र चैयागाड दुइ ठुला जलाधारको प्रमुख श्रोत समेत हो । महत्वपूर्ण विभिन्न प्रजातिय जडिबुटी बहुमुल्य रत्नपत्थर काइनाइट टुरमालिन पाइने यस क्षेत्रमा कुशे पाटनको फेदीमा विश्वको दुर्लभ रेडपाण्डा को बास स्थान रहेको छ । जिल्लाकै सामरिक महत्व बोकेको जुम्ला र जाजरकोटको सिमाको रुपमा रहेको कुशे पाटन भएकोले नै कुशे पाटनको नामबाट गाउँपालिकाको नाम पनि कुशे गाउँपालिका राखिएको हो । यो क्षेत्र विशेष गरी फलफूल उत्पादनको पकेट क्षेत्रको रूपमा लिइएको छ । साविक ढिमे गाविसमा सुन्तला र आलुको व्यवसायीक खेती गरिन्छ भने साविक टालेगाँउ र अर्छानी गाविसमा काइनाइट र टुर्मालिन प्रशस्त मात्रामा पाइन्छ । यस गाउँपालिकाको कूल जनसंख्या २३ हजार ५८ जना रहेको छ भने यसको क्षेत्रफल २७३.९७ वर्ग किलोमिटर रहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.