सिरहा जिल्लाको पूर्वी भाग तथा पूर्व पश्चिम राजमार्गमा पर्ने यो नगरपालिका वि.स. २०३२ सालमा लहान वजार, लहान गोठ, सिगराही र मटियर्वा गाउँहरु मिलेर तत्कालिन लहान नगर पञ्चायत वनेको हो । स्थानीय तह पुनर्संरचनाका क्रममा वि.सं. २०७३ साल फागुन २३ गते साविक लहान नगरपालिका एवं साविक गाढा गाविस र गोविन्दपूरं मल्हनीया गाविस समेत समावेश गरीे लहान नगरपालिकाको स्थापना गरिएको हो । पुर्वाञ्चल विकास क्षेत्रको सिरहा जिल्लामा अवस्थित पुर्व पश्चिम राजमार्गको पुर्वी खण्डमा रहेको यस नगरपालिकालाई नेपालको पुर्वी क्षेत्रमा जाने यातायतका साधनहरुको ढोका भने पनि हुन्छ । लहान नगरपालिकाको पूर्वमा बलान नदी (सप्तरी जिल्ला), पश्चिममा धनगढीमाई नगरपालिका,दक्षिणमा सिमानामामा सखुवानान्कारकट्टी गाउँपालिका , लक्ष्मीपुर पतारी गाउँपालिका र उत्तरमा उदयपुर जिल्ला पर्दछन्। हिन्दूहरूको बडादशैं, तिहारका साथै स्थानीय चाडपर्वमा सिरूवा, फागु, भातृ द्वितीया, चौठ चन्द्र, छठ, दीपावली, बडादिन प्रमुख छन्। नगरमा कोइरी, कायस्थ, कथवनियाँ, थारू, मुसलमान, मारवाडी, मुसहर, यादव, डुम, चमार, ब्राम्हण, क्षेत्रीलगायत विभिन्न जातजाति बसोबास गर्दै आइरहेका छन्। लहान बजारदेखि ४ कि.मि. पश्चिममा ऐतिहासिक धार्मिकस्थलको रूपमा राजा सहलेसको फूलवारी छ। उक्त फूलवारीमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन मेला लाग्छ। उक्त ठाउँको एउटा रूखमा वर्षको एकचोटि वैशाख १ गते मात्र सुनाखरी फूल फुल्छ। उक्त फूल हेर्न नेपाल र भारतका हजारौं व्यक्ति पुग्छन्। त्यसैगरी, लहानदेखि ६ कि.मि. उत्तरमा पकडरिया गढ अवस्थित छ भने नगरमा विभिन्न मठ मन्दिर छन्।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.