Lalbandi Municipality Home / Directory
Lalbandi Municipality
Government
Office Info
Address Not available

लालबन्दी नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको मधेश प्रदेश अन्तर्गतको सर्लाही जिल्लामा पर्ने एक स्थानीय तह हो । नेपालमै गोलभेडा (टमाटर)उत्पादन र निर्यातका लागि देशव्यापी रुपमा ख्यातिप्राप्त यस नगरपालिका साविककाे लालबन्दी नगरपालिका (साविक गा‍.वि.स. लालबन्दी, पत्थरकोट र जब्दी), र  नेत्रग‌ंज, रानिगंज, परवानिपुर तथा नारायणखाेला गा.वि.स. समायोजन भई निर्माण भएको हो ।
यस नगरपालिकाको कूल क्षेत्रफल २३८.५ वर्गकिलोमिटर रहेको छ । यहाँको कूल जनसंख्या ६६४१९(जनगणना २०७८ अनुसार) र १४८७३ परिवार संख्या रहेको छ । यस नगरपालिकामा १७ वटा वडा रहेका छन् । यो सर्लाही जिल्लाकै सबैभन्दा बढी  क्षेत्रफल भएको नगरपालिका हो । यस नगरपालिकाको केन्द्र वडा नं. ८ नेवार टोलमा   लालबन्दी नगर कार्यपालिकाको कार्यालय अवस्थित रहेको छ । पूर्व पश्चिम महेन्द्र लोकमार्ग अवस्थित लालबन्दी बजार यस नगरपालिका क्षेत्रभित्रका व्यापारिक क्षेत्रमध्ये एक मुख्य क्षेत्र हो । पूर्व ईश्वरपुर नगरपालिका, पश्चिम हरिवन र हरिपुर नगरपालिका, उत्तर सिन्धुली जिल्ला र दक्षिणमा हरिपुर र ईश्वरपुरसंग सिमाना जोडिएकाे यस नगरपालिकाको  लालबन्दी बजार  जिल्लाको एक मुख्य व्यापारिक स्थल हो । बढ्दो शहरीकरण, व्यवसायिक क्रियाकलापमा वृद्धिका कारण यो नगरपालिका जिल्लामा आकर्षणको केन्द्र बन्दै गइरहेको छ तथा जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाका रुपमा विकास भइरहेको छ । 
''स्वच्छ, सुन्दर र समुन्नत शहर, सर्लाहीकाे शान लालबन्दी नगर''’ भन्ने मूल नारालाई आत्मासात गर्दै यस नगरपालिका क्षेत्रको समृद्ध, समुन्नति र विकासको लागि सिंगो नगरपालिका परिवार एकतावद्ध ढङ्गले अगाडी बढिरहेको छ । नगरपालिका क्षेत्रभित्रका महिला, आदिवासी जनजाती, दलित, अपाङ्गजस्ता वर्ग र क्षेत्रको आर्थिक र सामाजिक उनन्यनको लागि नगरपालिका कटिवद्ध रहेको छ ।

 

लालबन्दी नगरपालिकाको सबै भन्दा समृद्ध पक्ष भनेको यहाँको तरकारी उत्पादन नै हो त्यसमा पनि टमाटर(गोलभेडा) उत्पादनले नेपाल भरि नै परिचय दिएको छ । यस नगरपालिकाको उत्तरमा चुरे क्षेत्र पर्ने हुँदा वन जंगल र जैबिक विविधताले भरिपुर्ण भएको यस नगरपालिकाको डाबरी डाँडा, जलकिनि मन्दीर, डुमडुमे शिबालय मन्दीर परिसर, वेतिनि देवालय परिसर, विभिन्न बौद्ध गुम्बाहरु, चर्चहरु, मश्जिद र मिश्रीत जानजातिको बसोबास भएको हुँदा सांस्कृतिक सम्पदाको हिसाबले समेत समृद्ध देखीन्छ ।

 

स्वास्थ्य सेवाको क्षेत्रमा १५ शैयाको सरकारी अस्पताल, निर्माणाधिन १०० शैयाको सामुदायिक अस्पताल तथा सामूदायिक आँखा उपचार केन्द्र र विभिन्न संघ सस्ंथा द्वारा संचालित स्वास्थ्य सेवाहरु यस नगरपालिकामा उपलब्ध रहेको छ । स्नातकोत्तर तह सम्म अध्ययन गर्न सकिने सामूदायिक विध्यालय जनज्योति बहुमुखी क्याम्पस, सि.टि.इ.भि.टिको सम्बन्धन प्राप्त ३ बर्षे डिप्लोमा कम्प्युटर अोभरसियर कोर्ष र १५ महिने सव-अाेभरसियर काेर्ष पठाइ हुने  जन जन्ज्योति प्राविधिक शिक्षालय, विभिन्न स‌ंकायमा नेपाली तथा अंग्रेजि माध्यमबाट कक्षा १२  सम्म अध्ययन हुने जनज्योति उ.मा.वि.,  अन्य सबै वडाहरुमा अा.वि., नि.मा.वि. र मा.वि. गरि कुल ४० सामुदायिक विध्यालय र जिल्लामै ख्याति कमाएका र ग्रामिण क्षेत्रमा स्थापना भएका प्रशस्त निजी विध्यालयहरु रहेकाले शिक्षा क्षेत्रमापनि अग्र स्थानमानै रहेको छ । तुलनात्मक रुपमा शहरी क्षेत्र कम भएपनि बाटो घाटोहरुको अवस्था सन्तोषजनक रहेको यस नगरपालिकामा विद्युत, टेलिफोन, मोवाईल सेवा लगाएत संचारको क्षेत्रमा विभिन्न इन्टरनेट सेवाहरुले ९० प्रतिशत सेवा उपलब्ध गराउँदै अाइरहेका छन ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.