कोशी प्रदेश, तेह्रथुम जिल्लाको पश्चिममा अवस्थित संखुवासभा र धनकुटा जिल्लाको संगम स्थलमा रहेको प्राकृतिक तथा भौगोलिक अवस्थितिको दृष्टिले अति रमणीय पर्यटकीय स्थलको रुपमा परिचित साविकका बसन्तपुर, फुलेक, सोल्मा, सुङ्गनाम र दांगपा गा.वि.स. मिलाई नेपाल सरकारबाट मिति २०७२ असोज १ गते घोषणा भए अनुसार यस लालीगुराँस नगरपालिकाको सञ्चालन र व्यवस्थित गरिएको छ । यो नगरपालिका मध्य पहाडी लोक मार्ग र कोशी राजमार्गको संगम स्थल हुनुका साथै नेपाल सरकारबाट घोषित मध्य पहाडी लोक मार्ग अन्तरर्गतका १० वटा नयां शहर मध्येको एक शहर हो तथा संखुवासभा, ताप्लेजुङ्ग, तेह्रथुम जिल्लाको तराई संगको प्रवेशद्धार हो । लालीगुराँस नगरपालिका नेपालको पूर्व क्षेत्र तथा कोशी प्रदेश अन्तरगत तेह्रथुम जिल्लाको पश्चिम क्षेत्रमा पर्दछ । यस नगरपालिका २७००४’३३” देखि २७०११’०२” उत्तरी अक्षांश र ८७०२३’४१” देखि ८७०३०’५९” पूर्वी देशान्तर सम्म फैलिएको छ ।क्षेत्रफलको हिसावले यस नगरपालिका ९०.२७ वर्ग किलोमिटर ओगटेको छ । यो नगरपालिका लगभग पूर्व पश्चिम १२.०४ किलोमिटर र उत्तर दक्षिण १२.०६ किलोमिटर रहेको देखिन्छ । यो नगरपालिका समुन्द्र सतह देखि ५६०–३०६५ मिटर सम्मको उचाईमा रहेको छ । यो नगरपालिकाको पूर्व सिमाना पिङगुवा खोलाले छुट्टयाएको छ भने पश्चिम सिमाना धनकुटा जिल्लाको पानी ढलो डाँडाले छुट्टयाएको छ । त्यस्तै उत्तरी सिमाना सङ्खुवासभा–तेह्रथुमको सानो खोच तथा पानी ढलो डाँडाले छुट्टयाएको छ । यसरी यस नगरपालिकाको पूर्व तर्फ म्याङ्लुङ् नगरपालिका, पश्चिम तर्फ धनकुटा संखुवासभा जिल्ला, उत्तर तर्फ संखुवासभा जिल्ला र दक्षिणतर्फ छथर गाउँपालिका पर्दछन् । यस नगरपालिका ९ वटा वडामा विभाजित छन् । यस क्षेत्रको हावापानीमा विविधता पाईएको छ । जसमा उचाई अनुसार उपोष्ण मौसम जलवायु, न्यानो समशितोष्ण जलवायु र ठण्डा समशितोष्ण जलवायु पाइन्छ ।
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.