Lamahi Municipality Home / Directory
Lamahi Municipality
Ward 05, Lamahi MUN, Dang, Lumbini
Government
Address Ward 05, Lamahi MUN, Dang, Lumbini
Toll Free No. 16608254000

नेपालकाे संविधान २०७२ अनुसार लुम्बिनी अन्तर्गत पर्ने याे नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्राे नगरपालिका हाे । दाङ जिल्लाकाे देउखुरी उपत्यकाकाे वीच भागमा पर्ने याे नगरपालिकाकाे केन्द्र लमही वजार जिल्ला सदरमुकाम घाेराही वाट करिव २५ किलाेमिटरकाे दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०७८काे जणगणना अनुसार यस नगरपालिकामा १३,४५८ घरपरिवार वसाेवास गर्दछन् । नगरपालिकाकाे कुल जनसंख्या ५९,०५० रहेकाे छ । जसमा पुरूषकाे संख्या २८,५०१ र महिलाकाे जनसंख्या ३०,५४९ रहेकाे छ ।

 

३२६.६६ वर्ग किलाेमिटर क्षेत्रफल अाेगेटेकाे यस लमही नगरपालिका पूर्वमा ८२.६३ पूर्वी देशान्तर देखि पश्चिममा ८२.१९ डिग्री र उत्त्ररमा २८.०३ डिग्री उत्त्ररी अक्षांस देखि २७.८३ डिग्री दक्षिण सम्म चुरे पर्वतकाे वीचमा अवस्थित छ । याे क्षेत्र समुद्र सतह देखि सरदर २४६ मिटरकाे उचाइमा छ । यस लमही नगरपालिकालाई पूर्व पश्चिम राजमार्गले करिव करिव वीच भागवाट छेडेर गएकाे छ । हाल यस नगरपालिकाकाे पूर्वमा राप्ती गाउँपालिका, उत्तरमा घाेराही उपमहानगरपालिका, पश्चिममा बाँकेको राप्ती सोनारी गाउँपालिका र दक्षिणमा राजपुर र गढवा गाउँपालिका पर्दछन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.