Letang Municipality Home / Directory
Letang Municipality
Letang MUN, Morang, Koshi
Government
Address Letang MUN, Morang, Koshi
लेटाङ नगरपालिका क्षेत्र प्राचीन समयमा धिमालहरूको राजधानी थियो । खासगरी लेटाङ बजारको पश्चिममा रहेको चिसाङ खोला तरेपछि केही उत्तरतिर जाँदा पुगिने राजारानी पोखरी भएको ठाउँमा धिमाल राजाको दरबार थियो भन्ने किंबदन्ति छ । त्यसैले यस क्षेत्रका पुराना बासिन्दाहरुको धिमालको भाषाबाट लेटाङ नाम रहन गएको भनाइ छ । यहाँका आदिवासी धिमालहरू हुन् । लेटाङको नामकरण धिमाल भाषाको लेटा शब्दबाट भएको मानिन्छ । प्राचीन धिमाल भाषामा लेटाको अर्थ पहाडबाट झरेको समथर भूभाग भन्ने हुन्छ । धिमाल पोखरी भनेर चिनिने राजारानी डाँडाबाट हेर्दा हालको लेटाङ पहाडसँग जोडिएको समथर भूभाग देखिन्छ । त्यसैले त्यसलाई धिमालहरूले लेटा भने । त्यति बेला लेटा जङ्गलले भरिएको थियो । त्यही बेलाको लेटा शव्द उच्चारण गर्दै जाँदा कालान्तरमा अपभ्रंश भई लेटाङ भएको हुनुपर्दछ । त्यही आधारमा त्यस भूमिलाई लेटाङ भन्ने गरियो । त्यही लेटा अहिलेको लेटाङ बनेको हो भन्ने बुझाइ छ ।
 
लेटाङ नगरपालिका क्षेत्रको ऐतिहासिक पृष्ठभूमि खोजी गर्दा यो क्षेत्र प्राचीन प्राग्ज्योतिष राज्यभित्र पर्दथ्यो । पछि गएर यसबाट मत्स्यदेश अलग हुँदा लेटाङ भेग मत्स्यदेशमा पर्न पुग्यो । यदाकदा मिथिला, पुण्ड्र र किराँतहरूको अधीनमा पर्ने तथा यस भेगका स्थानीय शासकले शासन गर्ने कार्य गर्दै पछि यो क्षेत्र मुरेहांगको मोरङ भित्र पर्यो । यसैगरी विजयपुर राज्यको स्थापना भए पछि भने लेटाङ क्षेत्र विजयपुर कै अधीनमा रह्यो ।
 
तत्कालीन समयमा लेटाङ क्षेत्रलाई घना जङ्गलले ढाकेको थियो भन्ने गरिन्छ । यहाँका नदी किनारा भागमा केही जातजातिका मानिसहरूका स-साना वस्तीहरू थिए । घना जङ्गलका कारण मानिसले खोला या नदीको किनारा भाग तथा पहाडको फेदीमा बस्न आवश्यक थियो । लेटाङ भेगमा बेलाबेलामा पाइने पुराना बसोबासका अवशेषहरूले यसै कुराको सङ्केत गरेका छन् । लेटाङको आसपासमा यस्ता पुराना थुप्रै प्रकारका अवशेषहरू पाइएका छन् । तिनीहरू कतिपय नासिएका छन् भने कतिपय अझसम्म पनि उजागर हुन सकेका छैनन् ।
 
मोरङको विजयपुरमा विजयनारायण पछि पाल्पाली सेनराजा लोहांगसेनले कब्जा गरेपछि भने यो भेग पाल्पाली सेनहरूको अधीनमा पर्न पुग्यो । तत्काल पाल्पाली सेन राज्य विभाजन हुँदा नारायणी पूर्वको मकवानपुर लोहांगसेनले पाएको हुनाले यो भेग पनि मकवानपुर भित्र पर्यो । यसैगरी हरिहरसेनका नाति विधाता इन्द्रसेनले मकवानपुरबाट विजयपुरलाई अलग्गै राज्य बनाएको हुँदा लेटाङ लगायतको स्थान विजयपुरको अभिन्न अङ्ग बन्न पुग्यो । सेनकाल भन्दा अघि नै लेटाङको दक्षिणमा रहेको कसेनी (हाल बेलबारी नगरपालिका ५) मा धनपाल नामका एकजना रजौटाले शासन गर्दथे । तिनको राजधानी र दरबारका अवशेषहरू अहिले पनि रहेको छ । यसलाई स्थानीय मानिसहरूले संरक्षण गरेर राखेका छन्, जसलाई धनपालगढीका नामले चिनिन्छ । कालान्तरमा धनपाल रजौटाको पतन भयो । धनपालको राज्य विजयपुरमा गाभियो । यता विजयपुर पनि स्थानीय रजौटाबाट सेनहरूको अधीनमा परेको देखिन्छ । वि.सं. १८३१ मा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेसँगै यो भूभाग पनि बृहत्तर नेपालमा गाभिएको पाइन्छ ।
 
वि.सं. २०१८ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेदेखि नै हालको लेटाङ नगरपालिकाले ओगटेको क्षेत्र मोरङ जिल्लाको उत्तरी भागको रुपमा रहन पुग्यो । वि.सं. २०७१ सालमा लेटाङ र भोगटेनी गा.वि.स. मिलाएर लेटाङ भोगटेनी नगरपालिका बनाइयो । नेपालको संविधान २०७२ ले अङ्गीकार गरेको संघीय गणतन्त्र नेपालको राज्य पुनर्संरचना गर्दा स्थानीय तह पुनर्संरचना सुझाव आयोगको प्रतिवेदन २०७३ अनुसार साविक लेटाङ भोगटेनी नगरपालिकाको १ नं. वडा बाहेक सबै, जाँते गाउँ विकास समितिका १,२,५,६,७,८ र ९ वडाहरू र वारङ्गी गाउँ विकास समितिको सम्पूर्ण वडाहरूलाई मिलाएर वि.सं. २०७३/११/२७ मा लेटाङ नगरपालिका बनाइएको हो ।
 
भौगोलिक अवस्थितिः लेटाङ नगरपालिका २६०  २०' देखि २६०  ५३' उत्तरी अक्षांश र ८७० १६' देखि  ८७० ४१' पूर्वी देशान्तरमा अवस्थित रहेको छ । मोरङ जिल्लाको उत्तरी भागमा दुई वटा गाउँपालिकासँग पूर्वी र पश्चिमी सीमाना जोडिएको लेटाङ नगरपालिकाको केन्द्र लेटाङ बजार हो । मोरङ जिल्लाको सदरमुकाम विराटनगरदेखि पूर्व उत्तरतर्फ ४९ किलोमिटरको दूरीमा पर्दछ । लेटाङ नगरपालिका नक्सामा हेर्दा उत्तरदक्षिण लाम्चो रहेको छ । लेटाङ नगरपालिकामा हाल ९ वटा वडाहरू रहेका छन् । यसको निर्माण गर्दाको समयको संरचना यसप्रकार रहेको छ । : १. वडा नम्बर १ :– साविक लेटाङभोगटेनी नगरपालिकाको वडा नम्बर २, ३ र ४ लाई मिलाएर। २. वडा नम्बर २ :– साविक लेटाङभोगटेनी नगरपालिकाको ५ र ६ नम्बर वडालाई मिलाएर । ३. वडा नम्बर ३ :– साविक लेटाङभोगटेनी नगरपालिकाको वडा नम्बर ७ मात्र । ४. वडा नम्बर ४ :– साविक लेटाङभोगटेनी नगरपालिकाको वडा नम्बर ८ मात्र । ५. वडा नम्बर ५ :– साविक लेटाङभोगटेनी नगरपालिकाको वडा नम्बर ९ र १० मिलाएर । ६. वडा नम्बर ६ :– साविक लेटाङभोगटेनी नगरपालिकाको वडा नम्बर ११ मात्र ७. वडा नम्बर ७ :– साविक बारङ्गी गाविसको १ देखि ९ नम्बर वडाहरूलाई मिलाएर । ८. वडा नम्बर ८ :– साविक जाँते गाविसको १,२,५,६ र ७ नम्बर वडालाई मिलाएर । ९. वडा नम्बर ९ :– साविक जाँते गाविस ८ र ९ नम्बर वडालाई मिलाएर ।
लेटाङ नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.