लो-घेकर दामोदरकुण्ड गाउँपालिका गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा अवस्थित उहेको छ। लो-घेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङ जिल्लाको उत्तरी भेगतिर रहेको छ। यस गाउँपालिकाको उत्तरमा लोमन्थाङ गा.पा., दक्षिणमा वारागाउँ मुक्तिक्षेत्र गा.पा., पूर्वमा मनाङ जिल्ला र पश्चिममा डोल्पा जिल्ला रहेको छ। वि.स. २०७३ सालमा सङ्घीय तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागु गर्दा मुस्ताङ जिल्लामा साविकका चराङ, घमी र सुर्खाङ गाउँ विकास समितिहरुलाई समेटेर लो-घेकर दामोदरकुण्ड गाउँपालिका घोषणा गरियो। यस गाउँपालिकालाई चराङ, घमी, घिलिङ, सुर्खाङ र ताङ्ग्या गरी ५ वडाहरुमा विभाजन गरिएको छ। २०७८ को जनगणना अनुसार गाउँपालिकाको कुल क्षेत्रफल १,३४४ वर्ग किलोमिटर र जनसङ्ख्या १,२९२ रहेको छ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.