Machhapuchchhre Rural Municipality Home / Directory
Machhapuchchhre Rural Municipality
Lahachok
Government
Office Info
Address Lahachok
Email 2 mpgaupalika@gmail.com

नेपाल सरकारको स्थानीय तह गठन आदेश, २०७३ बमोजिम पश्चिमाञ्चल विकास क्षेत्रको ४ नं. प्रदेश अन्तर्गत कास्की जिल्लामा गठन भएका पाँच स्थानीय तह मध्ये यो तेस्रो ठुलो स्थानीय तह हो । यस माछापुच्छ्रे गाउँपालिका समुद्र सतहबाट न्यूनतम १०२६ मिटर उचाइ  देखि अधिकतम माछापुच्छ्रे हिमाल ६९९८ मिटर उचाइ सम्म उत्तर–दक्षिण फैलिएर रहेको छ । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दक्षिणी काखमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस गाउँपालिकाको अधिकांश स्थानबाट मनोरम हिमशृङ्खला तथा हरिया पहाडहरूको दृश्यावलोकन गर्न सकिन्छ। माछापुच्छ्रे हिमाल  यसै गाउँपालिकामा रहेकाले यस गा.पा. को नाम माछापुच्छ्रे  गाउँपालिका रहेको हो। कूल क्षेत्रफल ५४४.५८ वर्ग कि.मि. रहेको यस गाउँपालिका  विश्व मानचित्रमा ८३ डिग्री ४३’ देखि ८३ डिग्री ९२’ पूर्वी देशान्तर र २८ डिग्री १८’ देखि २८ डिग्री ३९’ उत्तरी अक्षांशमा रहेको छ । साविकका निम्न ८ (आठ) वटा गाउँ विकास समितिलाई मिलाएर बनेको यस माछापुच्छ्रे गाउँपालिकाको पूर्वमा मादी गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, उत्तरमा मनाङ जिल्ला  र दक्षिणमा पोखरा लेखनाथ महानगरपालिका र अन्नपूर्ण गाउँपालिका रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.