Madhuwan Municipality Home / Directory
Madhuwan Municipality
Madhuwan-6, Bardiya
Government
Office Info
Address Madhuwan-6, Bardiya
Fax 084-440111
Fire-brigade 084-440333

नेपालको लुम्बिनी प्रदेश  अन्तर्गत बर्दिया जिल्लामा पर्ने मधुवन नगरपालिका नेपाल सरकार (मन्त्रिपरिषद्) को मिती २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । साबिकका सानोश्री, ताराताल , सुर्यपटुवा र ढोढरी सहित ४ गा.बि.स. समाहित गरि यो नगरपालिकाको निर्माण भएको छ । यो नगरपालिका बर्दिया जिल्लाको सदरमुकाम गुलारियाबाट ६ कि.मि. दुरीमा पश्चिम दक्षिणमा अवस्थित छ र यस नगरपालिकाको पूर्वमा बारबर्दिया नगरपालिका, पश्चिममा राजापुर नगरपालिका र छिमेकि मुलुक भारत, उत्तरमा बर्दिया राष्ट्रिय निकुन्ज र ठाकुरबाबा नगरपालिका र दक्षिणमा गुलारिया नगरपालिका र छिमेकि मुलुक भारत सँग सिमाना जोडिएको छ । यस नगरपालिकाको क्षेत्रफल १२९.७३ वर्ग कि.मि. रहेको छ  यो नगरपालिका अक्षांश २६० २१' उत्तर देखि २९ ७' उत्तर सम्म र देशान्तर ८०० २१' पूर्व देखि ८१० १०' पूर्व सम्म छ भने समुन्द्र सतहबाट उचाई १७५ मिटर रहेको छ । यस नगरपालिकामा ११२४३ घरधुरीमा कुल जनसंख्या ५८३४६ रहेको छ । हाल यस नगरपालिकामा  ९ वटा वडा रहेका छन् । मधुवन न.पा.को अधिकांश खेतीयोग्य जमिन समथर भएकोले माटोको बनावटमा धेरै समानता पाइन्छ । दोमट र चिम्टाईलो माटो पाईने यस न.पा.मा उर्बर भूमिको प्रचुरताले गर्दा कृषि उत्पादन भएको पाइन्छ ।

 

जनसंख्या  र सामाजिक परिवेश :

२०७५ साल असोजमा मधुवन नगरपालिका शिक्षा शाखा मार्फत गरिएको घरधुरी सर्वेक्षण अनुसार नगरपालिकामा ११२४३ घरधुरी रहेको छ भने कुल जनसंख्या  ५८३४६ रहेको छ । जस मध्ये महिलाको जनसंख्या २८८२९(४९.४१%) र पुरुषको जनसंख्या २९५१७(५०.५९%) रहेको छ ।

 

धार्मिक अवस्था :

धार्मिक दृस्टीकोण बाट हेर्दा यस नगरपालिकाका अधिकांश मानिसहरु हिन्दुधर्म (९६.८६%) मान्दछन भने बौद्द ( ०.१८%) मुस्लिम (१.२३%), इसाई (१.७३%) धर्म मान्नेहरु  रहेका छन् ।

 

सास्कृतिक तथा पर्यटकीय अवस्था :

यो नगरपालिकामा विभिन्न खालका प्राकृतिक तथा सास्कृतिक सम्पदाहरु रहेका छन् । बर्दिया रास्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र, खाता जैविक मार्ग, गेरुवा कर्णाली पुल, ऐतिहासिक ताराताल लगायतका विभिन्न मन्दिर, चर्च तथा गुम्बा जस्ता सम्पदाहरु यस नगरपालिकाका पर्यटकीय क्षेत्रहरु हुन् । विभिन्न उत्सब र चाडपर्बमा मन्दिर आसपासका क्षेत्रबाट मानिसहरु आउने गर्दछन । यहाँ बसोबास गर्ने ब्राह्मण, क्षेत्री, थारु, मधेसी, दलित, मगर, गुरुङ, नेवार जातिको बसोबास भएको यस नगरपालिकामा मुख्यतय शिवरात्री, दशैं, माघे संक्रान्ति, चैते दशैं जस्ता चाडपर्वमा विशेषगरी यस क्षेत्रमा मानिसहरुको जमघट हुने गर्दछ । थरुजातिको मौलिक सस्क्रितले पनि यस क्षेत्रको बिशिस्ट सास्कृतिक पहिचान बोकेको छ ।

 

भौतिक पूर्वाधार :

यस नगरपालिकाको उपलब्ध तथ्यांक अनुसार नगर क्षेत्रभित्र रहेका सडकहरुको कुल लम्बाई १८३.३ कि.मि रहेको छ । जसमा ५२.५ कि.मि. कालोपत्रे, ५२.५ कि.मि. कालोपत्रे, १३०.८ कि.मि. ग्राभेल/मौसमी /कच्ची सडक रहेका छन् । यस नगरपालिकामा १२ वटा पुल/पुलेसा (कल्भर्ट) रहेका छन् । शिक्षाको हकमा यस नगरपालिकामा ४१ वटा बिद्यालय रहेका छन् भने १ वाता क्याम्पस रहेको छ । यस नगरपालिकामा हाल सम्म सार्वजनिक शौचालय नभएता पनि मुख्य बजार केन्द्रहरुमा निर्माणका लागि पहल भई रहेको छ । ओराली, माछड बेलवा, प्रगति, कुसुम्बा र मधुवन बजार हुने भाने साप्ताहिक रुपमा केहि स्थानहरुमा हाट बजार पनि रहेका छन् ।

 

हाल सम्मको तथ्यांक अनुसार व्यवस्थित पाइपको खानेपानी प्रयोग गर्ने ५७.८१ प्रतिशत, छन् भने बाकि घरधुरीले ट्युबेलबाट इनार कुवा, जरुवाको खानेपानी प्रयोग गरि रहेका छन् भने बिधुत ८७.७९ प्रतिशत घरधुरीको पहुँचमा छ संचारमा भाने धेरै जसो जनताको पहुचमा रहेको पाइन्छ ।

 

नागारपलिकाका प्राय सबै बस्तीहरुलाई लक्षित गरि सहरी  स्वास्थ्य केन्द्र, सामुदायिक स्वाथ्य एकाई, स्वास्थ्य चौकी, बर्थीङ्ग सेन्टर तथा निजी क्लिनिखारु समेतले उपचार सेवा दिईरहेका छन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.