Madhyabindu Municipality Home / Directory
Madhyabindu Municipality
Chormara, Madhyabindu MUN, Nawalparasi East, Gandaki
Government
Address Chormara, Madhyabindu MUN, Nawalparasi East, Gandaki
Email 2 info@madhyabindumun.gov.np
number4 078-410123

नेपालको पुर्व देखि पश्चिम सम्म फैलिएको ऐतिहासिक राजमार्ग महेन्द्र राजमार्गको ठिक मध्य भाग यस नगरपालिकामा पर्ने भएकोले यस नगरपालिकाको नाम मध्यविन्दु नगरपालिका रहन गएको हो ।  साविक कोल्हुवा ,नारायणी र तम्सरिया गा.वि.स लाई मिलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट २०७२ असोज १ गते  मध्यविन्दु नगरपालिका स्थापना भएको र स्थानीय तह पुर्नसंरचना आयोगको सिफारिस अनुसार साविकका  मैनाघाट, नयाँ बेलहानी, प्रसौनी र  राकाचुली  गा.वि.स  समेत समेटी २०७३ फाल्गुन  २७ गते नेपालको संविधान-२०७२  अनुसार मध्यविन्दु नगरपालिका बनेको हो ।

 

 नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेकाे हाे ।  २३३.३५ व.कि.मि. क्षेत्रफल ओगटेकाे छ । "राष्ट्रिय जनगणना २०७८" को प्रतिवेदन अनुसार मध्यविन्दु नगरपालिका भित्र १५,४३० घरधुरी रहेका छन र १५,४३० घरधुरीमा महिला ३३,१११ र पुरुष २७,९८० गरी जम्मा जनसंख्या ६१,०९१ रहेको छ ।  अवस्थितिः अक्षांस २७ ६३ देखि उत्तर, देशान्तर ८४ं ३५ पूर्व पर्दछ । यस नगरपालिकाकाे चाैतर्फी सिमानाः पूर्व– कावासाेती नगरपालिका. पश्चिम– विनयी गाउँपालिका. उत्तर– हुप्सेकाेट गाउँपालिका र पाल्पा जिल्ला,  दक्षिण– चितवन राष्ट्रिय निकुन्ज तथा नारायणाी नदी अवस्थित छ । यस क्षेत्रका महत्वपूर्ण बजारः चोरमार, अरूङ्गखाेला, कोल्हुवा, पनौती, मदननपुर, आदि । प्रमुख जाती तथा संख्याः ब्राम्हणा, क्षेत्री, ठकुरी, थारू, मगर, तामाङ, गुरूङ, कुमाल, नेवार, भुजेल, बाेटे, मुसहर, कामी, दमै, सार्की, आदि  । १। पर्यटकीय क्षेत्रकाे रूपमा लोहासेधार, चितवन राष्ट्रिय निकुन्ज, नन्द भाउजु ताल, भुताहा पर्यटन बन, भ्यूपोइन्ट टावर बाघखाेर हाेम स्टे, आदि  प्रख्यात रहेकाे छ । यस क्षेत्रका नगरवासीहरूले मान्ने मुख्य चाडपर्वः दशैं, तिहार, ल्हाेसार, माघी, हाेली, चण्डी पूर्णािमा, आदि  रहेकाे छ ।

मध्यविन्दु नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.