Mahabu Rural Municipality Home / Directory
Mahabu Rural Municipality
Gaidabaj, Mahabu RM, Dailekh, Karnali
Government
Address Gaidabaj, Mahabu RM, Dailekh, Karnali
Email 2 ito@mahabumun.gov.np
Phone 2 9868304746

Mahabu Rural Municipality was established in 2017 (2073 BS) as a local government of Nepal. The office of the Mahabu Gaunpalika is located in Gaidabaj, Dailekh district, Karnali Province of Nepal. Rural Municipality is known as Gaunpalika in the Nepali Language. Mahabu Gaunpalika is surrounded by Naumule Rural Municipality on the East, Bhairabi Rural Municipality on the West, Kalikot district on the North and Narayan Municipality South.The total area of the Mahabu Rural Municipality is 110.80 square kilometers (42.78 sq mi) 

 

महाबु गाउँपालिका कर्णाली प्रदेश दैलेख जिल्लाको उत्तरमा कालीकोट जिल्लासंग जोडिएको पहाडी गाउँपालिका हो । यो गाउँपालिकाको नाम महाबु रहनाको कारण यस ठाउँमा सवैभन्दा ठुलो देवता शिवको अवतारका रुपमा श्री महावै देवताको उत्पति महाबु गाउँपालिका वार्ड नं. ५ वडावनमा भएको र त्यसको अवतार महाबु गाउँपालिकाका वडा नं. ६ स्थीत दैलेखको सवैभन्दा अग्लो ४१६८ मिटर महाबु लेकमा भएको हुँदा यस गाउँपालिकाका जनताहरुको साझा सहमतिले महावु गाउँपालिका नामाकरण गरिएको हो । 


भौगोलिक अवस्थिति
महाबु गाउँपालिका कर्णाली प्रदेश, दैलेख जिल्लाका ११ वटा स्थानीय तह मध्ये महाभारत पर्वत श्रृंखलाको उत्तरमा अवस्थित एक दुर्गम पहाडी गाउँपालिका हो । यो गाउँपालिकाका कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत देखि ९० कि.मि. र दैलेख सदरमुकाम देखि २२ कि.मि. उत्तरमा अवस्थित छ । यस महावु गाउँपालिकाको पूर्वमा नारायण नगरपलिका, पश्चिममा छामघाट खोला उत्तरमा कालिकोट जिल्लाको सिमाना, दक्षिणमा भैरवी गाउँपालिका र नारायण नगरपालिका पर्दछ । दैलेख जिल्लाका ११ वटा स्थानीय तहहरु मध्ये आर्थिक दृष्टिकोणले विपन्न प्राकृतिक धार्मिक, ऐतिहासिक दृष्टिकोणले सम्बृद्ध छ । राजनीतिक रुपमा दैलेख जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा पर्ने यस गाउँपालिकाको केन्द्र वडा नं ४ गैडाबाजमा रहेको छ । यस गाउँपालिकालाई ६ वटा वडाहरुमा विभाजन गरिएको छ । महावु गाउँपालिकाको भौगोलिक अवस्थिति यस प्रकार छ । 


क) अक्षांश २८०५७’ उत्तर देखि उत्तर 
ख) देशान्तर ८१०४२’ पूर्वि देशान्तर सम्म 
ग) समुन्द्र सतहदेखि उचाई न्युनतम ताराघाट छामघाटको अधिकतम उचाई ६३० मिटर र महाबु लेक – ४१६८ उचाईमा रहेको । 
घ) धरातल: पहाडी क्षेत्र ७०% उच्च पहाडी क्षेत्र ३०%
ङ) कुल क्षेत्रफल – ११०.८० वर्ग किलोमिटर 
च) जनसंख्या –१८०५९ (२०७८ को जनगणना अनुसार )
छ) जनसंख्या –२२,२४८ (महाबु गाउँपालिका को पश्र्वचित्र तयार पार्दा गरिएको सर्वेक्षण अनुसार) 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.