Mahalaxmi Municipality Home / Directory
Mahalaxmi Municipality
Jitpur, Mahalaxmi MUN, Dhankuta, Koshi
Government
Address Jitpur, Mahalaxmi MUN, Dhankuta, Koshi
Gunaso mahalaxmidktgunaso@gmail.com

महालक्ष्मी नगरपालिका धनकुटाको उत्तरी भेगमा रहेको सुन्दर नगरी हो । महालक्ष्मी नगरपालिकाको नामाकरण दुईवटा खोलासँग जोडिएको छ । नगरको मध्यभागबाट बग्ने लक्ष्मी खोला र दक्षिणी सीमाना भई बग्ने महामाया खोलाको नामबाट नगरपालिकाको नामाकरण गरिएको छ । लक्ष्मी खोलाको मुहान महालक्ष्मी– १ मा रहेको चित्रेबजारबाट शुरु भई अरुण नदीमा मिसिन्छ । महामाया खोलाको मुहान पट्टेक डाँडाबाट सुरु भई अरुण नदीमा मिसिन्छ । लक्ष्मी खोला र महामाया खोलामा भक्तजन पूजा गर्ने, पाती चडाउने, वर माग्ने प्रचलन रहेको छ । स्थानीय स्तरमा, खोलामा पुजागरी वर मागे प्राप्त हुने विश्वास रहेको छ ।

चर्चित दुई खोलाको संयुक्त नामबाट नगरपालिकाको नामाकरण गरिएको पाइन्छ । पूर्वी नेपालको प्रदेश नं.१ मा अवस्थित धनकुटा जिल्ला राजनैतिक दृष्टिले कहलिएको छ । महालक्ष्मी नगरपालिका पनि यो मामिलामा कम छैन । भौगोलिक अवस्थिति उत्तरी गोलार्धमा रहेको छ । अक्षांशको अध्ययन गर्दा २६ डिग्री, ३५ मिनेट देखि २७ डिग्री १९ मिनेट उत्तरी अक्षंश रहेको छ । देशान्तरको अवस्था हेर्दा ८७ डिग्री ८ मिनेट देखि ८७ डिग्री ३३ मिनेट (स्थानीय तह पुनःसंरचना आयोग) पूर्वी देशान्तरमा अवस्थित रहेको छ । जनसांख्यिक अवस्थालाई हेर्दा राष्ट्रिय जनगणना, २०६८ अनुसार २४८०० रहेको छ । नगरको क्षेत्रफल १२६.३ वर्ग.कि.मि रहेको छ । जनघनत्व १९७ जना रहेको छ । राष्ट्रियस्तरको तुलनामा बढी रहेको छ । नगरक्षेत्रको भौगोलिक संरचना हेर्दा धनकुटा जिल्लाकै सवैभन्दा अग्लो ठाउँ पटेकडाँडा, २६९६ मि., सवैभन्दा होचो स्थान, दमारवेशी २५० मि. औषत उचाई १४७३ मि.(ग्रामपाश्र्व चित्र २०६८) रहेको छ । तापक्रमको अवस्था अधिकतम २३.८३ सेन्टीग्रेड, न्यूनतम ४.४६ सेन्टीग्रेड, औषत १४.१५ सेन्टीग्रेड (ग्राम पाश्र्वचित्र) रहेको छ । मूलतः उष्ण कटिवन्धीय, न्यानो उपोषण, ठण्डा समशितोषण हावापानी पाइन्छ । यो क्षेत्रमा वर्षा पर्याप्त मात्रमा हुनेगरेको छ । अधिकतम वर्षा ४६८.९ मिलिमिटर, न्यूनतम फाटफूट हुनेगरेको छ । औषत वर्षा २३४.५ मिलिमिटर हुनेगरेको छ । महालक्ष्मी नगरपालिकाको प्रशासनिक केन्द्र जितपुर बजारमा रहेको छ । कुल नौवटा वडामा विभाजन भएको छ । नगरपालिकाबाट प्राप्त हुने अधिकांश सेवा÷सुविधा वडाबाट प्रवाह हुन शुरु भएको छ । नगरपालिकाको पूर्वी सीमाना, तेह«थुम जिल्ला, पश्चिम भोजपुर जिल्ला÷अरुण नदी, उत्तर संखुवासभा जिल्ला, दक्षिण पाख्रीवास गरपालिका, छथर गाउँपालिका (महामाया खोला) रहेको छ । नगरपालिकाको आर्थिक अवस्था कमजोर रहेको छ । आन्तरिक कर असुली नगन्य छ । आन्तरिक करको दर थोरै छ । दायरा साँघुरो छ । आन्तरिक आम्दानी करिव दशलाखको हाराहारीम रहेको छ । महालक्ष्मी नगरको बजारको पहुँच, सिंधुवा, रामबजार, पाख्रीवास, हिले, धनकुटा तेह्रथमु, धनकुटा धरान, इटहरी, विराटनगर, चैनपुर, खाँदवारी, मुढेशन्चिरे आदि सँग रहेको छ । बजारसँगको समबन्धको आधार, कृषिज उपज, खद्यन्न, तत्ताकपडा, औषधी, उपचार, स्वास्थ्य शिक्षा रहेको छ ।

महालक्ष्मी नगरपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.