Mahankal Rural Municipality Home / Directory
Mahankal Rural Municipality
Gotikhel, Mahankal RM, Lalitpur, Bagmati
Government
Address Gotikhel, Mahankal RM, Lalitpur, Bagmati
Fax 9851320047

नेपालको बागमती प्रदेशको ललितपुर जिल्लामा अवस्थित यस महाङ्काल गाउँपालिका भौगोलिक हिसाबले ८५०४०” पूर्वी देशान्तर र २७०५०” उत्तरी अक्षांशमा रहेको छ । करीब ८२.४४ व.कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको उत्तरमा कोन्ज्योसोम गाउँपालिका, पश्चिमतिर कोन्ज्योसोम र बाग्मती गाउँपालिका, दक्षिणमा बाग्मती गाउँपालिका र मकवानपुर जिल्ला र पूर्वमा काभ्रेपलाञ्चोक जिल्ला रहेका छन् । महाङ्काल गाउँपालिकालाई मिति २०७३ फाल्गुन २२ गते गाउँपालिका घोषणा गरीएको थियो । महाङ्काल गाउँपालिकामा साविकका गाविसहरु बुखेल, मानिखेल, गोटिखेल, कालेश्वर, चन्दनपुर र ठुलादुर्लुङ गाविसहरु समेटेर जम्मा ६ वडाहरु कायम गरिएको छ । महाङ्कालको अधिकतम तापक्रम २६.४ डिग्री सेल्सीयस र न्युनतम तापक्रम २.३ डिग्री सेल्सीयस रहेको पाईन्छ । यस गाउँपालिकामा सामुदायिक र संस्थागत गरी आधारभूत विद्यालय ९ प्रा.वि १४ र माध्यमिक विद्यालय ७ गरी जम्मा ३० वटा शिक्षण संस्थाहरु संचालित छन् । ललितपुर जिल्लामा नयाँ गठन भएका दुई गाउँपालिकाहरुमा धेरै सम्भावना बोकेको गाउँपालिकाको रुपमा महाङ्काल गाउँपालिका त छँदैछ यसका अतिरिक्त सचेत राजनैतिक दल र उत्प्रेरीत गाउँवासी समेत यो गाउँपालिकाका दरिलो अनि दीगो बिकासको श्रोतका रुपमा रहेका छन् । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार ८१२२ जनाको बसोबास रहेको छ । गाउँपालिकाका केहि सुगम क्षेत्रहरुमा व्यापार व्यवसाय सञ्चालनमा रहेको छन् साथै यहाँ प्राकृतिक श्रोत तथा सामाजिक एवं धार्मिक महत्वका क्षेत्रहरु समेत रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्याधिक बढिरहेको छ । यस गाउँपालिकामा आधारभूत देखि माध्यमिक शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरु सञ्चालनमा रहेका छन् । अध्ययनका लागि यस गाउँका शैक्षिक संस्थाहरुमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिकाबाट समेत आउने गरेका छन् ।

महाङ्काल गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.