Manang Ngisyang Rural Municipality Home / Directory
Manang Ngisyang Rural Municipality
Humde
Government

हिमाल पारिको जिल्ला अति सुन्दर प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थलको रुपमा चिनिने मनाङ जिल्लामा रहेका ४ गाउँपालिका मध्ये मनाङ ङिस्याङ गाउँपालिका पनि एक हो । समन्द्री सतहदेखि ३५४० मिटरको उचाईमा रहेको मनाङमा यस मनाङ ङिस्याङ गाउँपालिका ६९४.६३ वर्ग कि.मी मा फैलिएको छ । भौगोलिक रुपमा पुर्वमा चामे र नार्फू गाउँपालिका, पश्चिममा मुस्ताङ र म्याग्दी जिल्ला, उत्तरमा नार्फू गाउँपालिका र तिब्बत र दक्षिणमा कास्की र लमजुङ जिल्ला रहेको मनाङ जिल्लाको यस मनाङ ङिस्याङ गाउँपालिकाको घरधुरी संख्या जम्मा ५९३ र कुल जनसंख्या २२२२ रहेको जसमध्ये महिला १०१७ र पुरुष १२०५ रहेको छ ।

 

यस गाउँपालिकामा अधिकांश मानिसहरु बौद्ध धर्म मान्दछन् । यहाँका मुख्य जातिहरुमा गुरुङ, घले, लामा, विश्वकर्मा रहेका छन् । यहाँको औसत तापक्रम २ देखि १० डिग्री सेल्सीयस रहेको यस गाउँपालिकामा धार्मिक ऐतिहासिक पुरातात्विक एवं पर्यटकीय स्थलहरु जस्तै तिलिचो ताल, गंगापुर्ण ताल, आइस लेक, मम्छो ताल, ग्रीन लेक, घले राजाको दरवार, याकखर्क, थोराङपास, काङलापास, मेसोकान्तपास, ने गुफा, मिलेरेपा गुम्बा, मनाङ गुम्बा, भ्राका गुम्बा, तरे गुम्बा, पोचो गुम्बा, पिसाङ गुम्बा, पोतोंचे गुम्बा, ध्यारु गुम्बा, ङावल गुम्बा, टंकी गुम्बा, खाङसार गुम्बा, कर्की गुम्बा र शेर गुम्बा जस्ता धार्मिक तथा ऐतिहासिक स्थल रहेका छन् ।

 

कुल क्षेत्रफल मध्ये ५ प्रतिशत खेतियोग्य जमिन, जंगल १० प्रतिशत, चौरी खर्क र चरण क्षेत्र ५० प्रतिशत र डाँडाकाँडा र हिमाली क्षेत्रले ३५ प्रतिशत ओगटेको छ । यहाँको जनताको मुख्य पेशा कृषि, पशुपालन र होटेल व्यवसाय रहेको छ । हिमाली हावापानी पाइने भएको यस मनाङ ङिस्याङ गाउँपालिकामा एक सिजनमा मात्र गहुँ, करु, फापर, आलु लगाएत तरकारी खेतिवाली हुन्छ । बाँकी खाद्यान्नको जोहो खाद्य संस्थान बाट वितरण हुने गरेको साथै हाल सडक सञ्जालको पहुँच पुगाको हुँदा व्यक्तिगत तवरबाट पनि व्यवस्था मिलाउने गरिन्छ ।

 

अन्नपुर्ण सरक्षण क्षेत्रभित्र पर्ने यस गाउँपालिकामा वर्षेनि हजारौँ स्वदेशी तथा विदेशी पर्यटकहरु भित्रिने भएकाले यहाँको बासिन्दाको प्रमुख आय आर्जनको माध्यम होटल व्यवसाय नै हो । त्यस्तै कतिपय युवाहरु वैदेशिक रोजगारमा रहेका छन् भने कतिपयले स्थानीय सिकर्मी डकर्मी पेशा अंगालका छन् ।

 

विकासको गतिमा फट्को मार्न नसके पनि लमजुङ, बेसीशहर, चामे हुँदै खाङसार सडकले यस गाउँपालिकामा सडक संजाल पुगेको छ भने लघु जलविद्युतको माध्यमबाट विद्युत सेवा उपलब्ध छ । यस गाउँपालिकाको सबै वडामा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावकारी रहेको छ । यस गाउँपालिकामा धेरैजसो जमिन कडा हिमाली चट्टानले ढाकेको केहि क्षेत्रमा सल्ला लगायत घाँसे मैदान रहेको यस क्षेत्रमा विभिन्न प्रजातिका जंगली च्याउ लोथ्रे सल्ला, पाँचऔले, बनलसुन, यार्सागुम्बा, जिम्बु, निरमसी जस्ता अन्य विभिन्न किसिमको जडीवुटीहरु पाईन्छ । साथै विभिन्न प्रजातीका चराचुरुङ्गी तथा वन्य जन्तुहरु पाइन्छ ।

 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.