Mangalsen Municipality Home / Directory
Mangalsen Municipality
Government
Office Info
Address Not available
Fax 097-620138
नौखुवा अछाममा नौबिसले एक खुवाको प्रतिनिधित्तो गर्दथ्यो । बि.स.१८४७ मा गर्खाली सरदार अमर सिं थापा, जगतजित पाण्डे, दलन शाहीले अछाम जिल्ला कब्जा गरेपछि नौबिस मौजाका रुपमा विकास भइ मोतिपुरको विस्थापन पछि मंगलसेनलाई १८ औ शताब्दीतिर मना ग्रामिण मना गाउँ भनेर चिनिन्थ्यो । १८४९ मा तालुकदारी मुखिया प्रथा पश्यात कैलाशखोला देखि दक्षिण भैसलेको पानी जनालीबण्डालीको सिमाना देखि उत्तर छुचुन्द्रे खोला पूर्व त् तापिरवा पच्छिम नौबिस ९ वटा २० घरदैलोको संख्याका आधारमा नौबिस ग्रामिण पन्च्यात हुदै १९३५ देखि १९४१ मा मंगलसेन दरबार निर्माण भइ आमालको व्यावस्था गरियो र तेहीबाट अछाम जिल्लाको प्रशासनिक कार्य हुदै आएको थियो । २००७ सालको परिवर्तन पछि २०१३ सालमा राजा महेन्द्रको डोटी सवारीका बेला अछामका अगुवा नेताहरुले सवारीमा अछाममा माल कार्यालय चाहियो भनि आन्दोलन गरे बाफत प्रहरी हस्तक्षेपमा थुप्रै जनता गैते भएपछी आन्दोलनको भावना महसुस भइ २०१४ सालमा अछाम पंगलुसेंन मै माल कार्यालयको स्थापना भएको देखिन्छ । २०१७ सालको राजाको निरंकुश शासन लागु पहे पछि २०१८ सालमा नौबिस ग्राम पंचायत भइ २०१९ सालमा मंगलुसेन गाउ पंच्याय्तको नामबाट नामाकरण भइ २०२२ सालको भूमिसुधार पच्च्यात बजारको दुई तिरको सैन समथर जग्गा हालको जिविस रहेको वरिपरी र मालिका विकास बैक अगाडी रहेको जग्गा र मंगला देवीको मन्दिरलाई जोडी मंगलसेन नामाकरण भएको पाइन्छ । २०७१ साल बैशाख २५ गते मंगलसेन नगरपालिका घोषणा गरे पच्च्यात २०७१ साल जेष्ठ ४ गते विधिवत रुपमा स्थापना गरिएको हो ।
 
मंगलसेन नगरपालिकामा १४ वटा वडाहरु रहेका छन । वडा नं. ५ मा नगरपालिकाको केन्द्र पर्छ, जुन अछाम जिल्लाको सदरमुकाम समेत  हो  वडा नं. ३,४, ६,८ जोडिएका छन् र वडा नं. १३ केन्द्र बाट करिव २६ कि.मि. टाढा पर्छ र अन्य वडाहरु भन्दा दुर्गम समेत हो । मंगलसेन नगरपालिका सुदूरपश्चिम प्रदेशको प्रादेशिक राजधानी धनगढी, कैलालीबाट ३०८ कि.मि. र संघीय राजधानी काठमाडौंबाट ९४२ कि.मि. टाढा दुरीमा पर्छ । समितोष्ण हावापानी पाइने यो क्षेत्रमा औषत वार्षिक १२५ से.मि. सम्म बर्षा हुन्छ । यस क्षेत्रको सरदर तापक्रम गर्मि याममा २४ देखि ३२ सेनटिग्रेड सम्म हुन्छ भने शितकालिनमा सुन्य डिग्री से. सम्म और्लिन्छ । रास्ट्रिय जनगणना २०७८ अनुसार मंगलसेन नगरपालिकाको कुल जनसंख्या २६,२५७ (छब्बीस हजार दुईसय सन्ताउन्न) रहेको छ जस्मा जम्म पुरुसको ११,७८२(एघार हजार सातसय बयासी) र महिलाको जनसंख्या १४,४७५ (चौध हजार चारसय पचहत्तर) रहेको छ । पस्वचित्र २०७५  अनुसार नगरपालिकामा  पुरुष १८७७५ र महिला १८७२१ गरि ३७४९६ जनसंख्या रहेको छ ।  नगरपालिकामा करिब ७६.२  प्रतिशत जनसंख्या साक्षर छन। कुल जनसंख्याको करिब १३.७ प्रतिशत मानिस अछाम जिल्ला भन्दा बाहिर बसोबास गर्ने गरेका छन । भेषभुषा चालचलनका रुपमा पुरुष मानिसले कोट पाइन्ट टोपी लगाउछन भने महिलाले गुन्यू  चोली लगाउछन । धार्मिक रुपमा पास्वचित्र २०७५ अनुसार हिन्दु ३७४५१, इश्लाम ३५ जना र क्रिस्चिय ३ को बसोबास रहेको देखिन्छ । मुख्य चाड पर्वमा दशैँ,तिहार, विसु, होरी माघि तिहार, तिज, गौरापर्व आदि हुन । नगरपालिकामा कालिका मन्दिर, कैलाशमुठ, धुम्रलोचनी, जिमराडी, भट्टे मालिका, ठुलासैन मालिका जस्ता धार्मिक क्षेत्र, अछाम क्षेत्र, अछाम दरबार,सुरैकोट, देवल जस्ता पुरात्तत्वो सम्पादनका साथै अयार बण्ड जस्ता पर्यटकीय क्षेत्र पर्दछन ।
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.