Mangsebung Rural Municipality Home / Directory
Mangsebung Rural Municipality
Ibhang
Government
Office Info
पृष्ठभुमिः
नेपालको सुदूरपूर्वको जिल्ला इलामको दक्षिण-पश्चिमी भागमा अवस्थित माङसेबुङ गाउँपालिका राज्य पुनर्संरचनाको क्रममा इलाम जिल्लाका साबिक बाँझो, इभाङ र गजुरमुखी गाउँ विकास क्षेत्र समेटेर २०७३।११।२७ गते गठन भएको हो । ६ वटा वडा रहेको यो गाउँपालिका भाषिक, सांस्कृतिक, प्राकृतिक र धार्मिक रुपमा धनी हुनुका साथै प्राकृतिक रुपमा समेत मनोरम रहेको छ ।
अलैंची, अदुवा, अम्लिसो मुख्य नगदेबाली रहेको यस गाउँपालिकाको गाउँ कार्यपालिका भवन इभाङमा रहेको छ । यस गाउँपालिकाको केन्द्रलाई जोड्ने मुख्य सडकहरुमा झापा जिल्लाको दमक-चतुरे-रवी सडक (फाल्गुनन्द मार्ग) ले उत्तर दक्षिण जोडिएको छ भने राँके-रवी-भेडेटार सडकबाट समेत आवत-जावत गर्न सकिन्छ साथै इलाम सदमुकामसँगको मुख्य सम्पर्क मार्ग भने इलाम-मंगलबारे-गजुरमुखी इभाङ-चतुरे सडक रहेको छ । त्यस्तै चतुरे-बिर्तामोड जोड्नलाई चतुरे-फुलुङ्गी सडक अनि माङसेबुङको धार्मिक पर्यटकीय स्थल लारूम्बादेखि बिर्तामोड जोड्नलाई अत्मानन्द मार्ग रहेको छ ।
 
सामाजिक बनोटका आधारमा लिम्बू जाती (४२.८३ प्रतिशत ) को मुख्य बसोबास रहेको यस गाउँपालिकामा राई जाती (३३.६ प्रतिशत) रहेका छन् भने मगर, तामाङ, सुनुवार (मुखिया) गुरूङ, देवान (याख्खा) भुजेल, कामी दमाई बाहुन क्षेत्री लगायत विविध जातिको बसोबास रहेको छ ।
यस गाउँपालिकामा पूर्वकै प्रसिद्ध धाम गजुरमुखी रहेको छ भने माङमाङलुङ, नावालुङ, खरानेथुम्का, तीनथुम्की डाँडा, ढेंगुरे डाँडा, अन्धाराजा अन्धारानी, तीर्थस्थल फुलुङ्गी, चमेरे गुफा (देउमाईको किनारा, इभाङ) पाङबुहाङ गुफा (कुसुण्डे), छाँगे झरना (इभाङ), वर्तमान विश्व किरात धर्मगुरूको ज्ञानभूमि तपोभूमि खत्रप्पा, घोर्लेभीर (जहाँबाट रक क्लाइम्बिङ र पाराग्लाइडिङको संभावना भएको स्थल) जस्ता पर्यटकीय स्थलहरु समेत रहेका छन् । यसै गाउँपालिकामा किरात धर्मावलम्बीहरु लगायत अन्य विश्व मानव जगतको आस्थाको केन्द्रको रूपमा विकसित माङसेबुङ (लारूम्बा), १६ औं राष्ट्रिय विभूति तथा महागुरू फाल्गुनन्द र वर्तमान विश्व किरात धर्मगुरू सेइङ लिङदेन आत्मानन्दको जन्मस्थल चुक्चिनम्बा (अगोटे), विराट ज्योति माङहिम जस्ता धार्मिक पर्यटनको सम्भावना पनि प्रशस्त रहको छ ।
माङसेबुङ लिम्बू भाषामा राखिएको नाम हो । किरात लिम्बू भाषामा माङ भन्नाले देवी देवता, से भन्नाले चुनेकोरछनोट गरेको र बुङ भन्नाले बासस्थान भन्ने बुझिन्छ । तसर्थ, किरात लिम्बू भाषाबाट देवी देवताको बासस्थान भएको स्थल वा क्षेत्रलाई नै माङसेबुङ भनिन्छ । किनकि, यसै क्ष्रेत्रमा १६ औं राष्ट्रिय विभूति महागुरू फाल्गुनन्द, ज्योतिनन्द गुरू, सचितानन्द गुरू (विद्यानन्द गुरू), वर्तमान विश्व किरात धर्म गुरू सेइङ लिङदेन आत्मानन्द जस्ता गुरूहरुको जन्म भएकोले यस स्थानको नाम माङसेबुङ रहन गएको हो
 
भौगोलिक अवस्थिति
माङसेबुङ गाउँपालिका २६ डिग्री ४३ मिनेट ४२.५८२ सेकेण्ड उत्तरी आक्षांशदेखि २६ डिग्री ५५ मिनेट ३५.३९६४ सेकेण्ड उत्तरी आक्षांश र ८७ डिग्री ३८ मिनेट ५५.२४४४ सेकेण्ड पूर्वी देशान्तरदेखि ८७ डिग्री ४७ मिनेट २९.०११२ सेकेण्ड पूर्वी देशान्तरसम्म फैलिएको छ भने समुन्द्र सतहबाट ५१.५ मिटरदेखि देखि २०२० मिटरसम्मको उचाईमा फैलिएको छ ।
 
भौगोलिक सिमानाः
पूर्वः देउमाई र माई नगरपालिका
पश्चिमः चुलाचुली गाउँपालिका
उत्तरः फाकोकथुम गाउँपालिका र पाँचथर जिल्ला
दक्षिणः चुलाचुली गाउँपालिका
 
प्रशासनिक विभाजनः २०७३ फागुन (२७)
जनसंख्याः १६८१० घरधुरी संख्याः ३८८९
क्षेत्रफलः १४२।४१ वर्ग किलोमिटर वडा संख्याः ६
केन्द्रः इभाङ
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.