Mapya Dudhkoshi Rural Municipality Home / Directory
Mapya Dudhkoshi Rural Municipality
Khastap, Solukhumbhu
Government
Office Info
Address Khastap, Solukhumbhu

साविकमा नेपाल अधिराज्यको पुर्वाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने सगरमाथा अञ्चलको पाँच पहाडी जिल्लाहरु मध्येको एक सोलुखम्बु जिल्लाका तीनवटा गाउँ विकास समितिहरु काँकु, वाकु र बासा पुरै एवम् जुभिङ गाउँ विकास समितिको वडा नम्बर २,३,४ र ६ को संयोजन भई हाल कोशी  प्रदेश अन्तर्गतका स्थानीय तहरुहरु मध्ये माप्य दुधकोशी गाउँपालिका २०७३।११।२२ गते गठन भएको हो । भौगोलिक रुपमा विकट र दुर्गम भएता पनि माप्य दुधकोशी गाउँपालिकाको पर्यटकीय, व्यवसायिक, साँस्कृतिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक सम्भावना र पक्षहरु महत्वपूर्ण पहिचानको रुपमा रहेको छ । विभिन्न जातजातिहरु बीचको सामाजिक, साँस्कृतिक र धार्मिक सहिष्णुता, सद्भाव, सहकार्य र एकता हाम्रो माप्य दुधकोशी गाउँपालिकाको अनुपम विशेषता हो । दुधकोशी नदीबाट जलविधुत र जलपर्यटनको प्रवद्र्धन एवम् वडा नम्बर ६ स्थित वाप्साखानीमा रहेको आंशिक रुपमा पहिचान भएको विशाल तामाखानीको उत्खनन् र प्रशोधन गरी बृहत्तर आर्थिक विकासको ढोका खोल्न सकिने सम्भावना यस गाउँपालिकामा रहेको छ । सदरमुकाम सल्लेरीबाट काँकु, बासा र जुभिङ हुँदै खुम्बुक्षेत्र जोड्ने सडकको विकास गरी नियमित सडक यातायात सञ्चालनको व्यवस्था मार्फत पर्यटन मार्गका विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.