Marin Rural Municipality Home / Directory
Marin Rural Municipality
Kapilakot
Government
Office Info
Address Kapilakot
Website marinmun.gov.np

नेपाल सरकारले नेपालको संविधान, २०७२ बमोजिम स्थानीय निकायहरुको पुनर्संरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेको प्रतिवेदनलाई आधार लिई मिति २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो । जस अनुसार सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अबस्थित साबिक कपिलाकोट, कल्पबृक्ष र महादेवस्थान ३ गा.वि.स. समेटी गठन गरेको क्षेत्र नै मरिण गाउँपालिका हो । यस गाउँपालिकाको नामाकरण सिन्धुली जिल्लाकै प्रसिद्द खोला मरिण खोलालाइ आधार मानी गरिएको छ । पूर्वमा कमलामाइ नगरपालिकाको सीमा क्षेत्र, पश्चिममा हरिहरपुरगढी गाउँपालिका, उत्तरमा काभ्रे जिल्ला र घ्याङ्लेख गाउँपालिका र दक्षिणमा सर्लाही जिल्लाको सीमा क्षेत्र फैलीएको यस गाउँपालिकाको भौगालिक कुल क्षेत्रफल ३२४.५५ बर्ग कि.मि. र वडा सङ्ख्या ७ रहेको छ । भौगालिक धरातलीय रुपमा समथर फाँट, चुरे क्षेत्र, खोला खोल्सी, अग्लो होचो डाँडा काँडा देखि महाभारत रेञ्ज सम्मको भूभाग रहेको छ । गाउँपालिकाको मध्य भागमा मरिण नदी,  उत्तरमा महाभारत शृङ्खला रेञ्ज र दक्षिणमा चुरेशृखलाहरु रहेको छ । मानवीय रुपमा तामाङ बाहुल्यता रहेको यस गाउँपालिकामा मगर, माझी , विश्वकर्मा, दमाई, सार्की, बाहुन, क्षेत्री, नेवार लगायतका जातिहरु बसोबास रहेको यस गाउँपालिकाको कुल जनसङ्ख्या २८,८०८ छ । मानवीय चेतना तथा भौतिक, आर्थिक र पूर्वाधार विकासको दृष्टिकोणबाट यस मरिण गाउँपालिका पिछडिएको देखिन्छ । पर्यटकीय हिसाबले पञ्चकन्या पोखरी, ठाकुर दरवार, धुरी ढुङ्गा र टुँडिखेल ऐतिहासिक महत्व बोकेको स्थानको रुपमा रहेको छ। यी ठाउँहरु पनि यसै गाउँपालिकामा पर्दछन् ।

दक्षिण तर्फ चुरे श्रृखला र उत्तर तर्फ महाभारत पर्वतको बीचमा अवस्थित मरिण खोंच क्षेत्र जैविक विविधता र प्राकृतिक श्रोतका हिसावले महत्वपूर्ण रहेको छ । मरिण खोला लगायतका विविध साना ठूला खोला, खहरेबाट सिञ्चित भइ आएको यो क्षेत्र परापूर्वक काल देखि नै अन्न र पशुजन्य उत्पादनको भण्डारको रुपमा यस जिल्लामा परिचित छ । परम्परागत कृषिमा निर्भर रहेको यो क्षेत्रमा हाल पशुपालन, तरकारी तथा फलफूलको व्यवसायीक खेती गर्ने प्रचलन बढ्दै गएको छ र सोही अनुरुपमा माग पनि बढ्दै गएको छ । यहाँ उपलब्ध जैविक विविधता र प्राकृतिक श्रोतको अधिकतम उपयोग गरी कृषि व्यवसायीकरण मार्फत तुलनात्मक लाभका बालीहरुको उत्पादन तथा उत्पादकत्व वृद्दि गरी स्वरोजगार, रोजगार र कृषि व्यवसायी बनाउने लक्ष अनुरुप दीर्घकालीन र अल्पकालीन योजना तर्जुमा तयार गर्ने कार्य भइरहेको छ । यस गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पकेट क्षेत्र र ब्लकका कार्यक्रम सञ्चालन भइरहेको छ, साथै कृषि जोन कार्यक्रम सञ्चालनको लागि पहल भइरहेको छ । यो गाउँपालिकामा कृषि तथा वन विज्ञान विश्वविद्यालयको आङ्गिक कलेज मरिण प्राकृतिक श्रोत व्यवस्थापन कलेज बागमती प्रदेश स्तरीय सञ्चालन भइ पठनपाठन भइसकेको कुरा सर्वविदितै छ । यो कलेजले यस क्षेत्रको कृषिको विकासमा टेवा पुग्नेछ भन्ने आसा लिइएको छ । यहाको मुख्य पेशा कृषि नै हो । 

 
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.