Marma Rural Municipality Home / Directory
Marma Rural Municipality
Latinath, Marma RM, Darchula, Sudurpashchim
Government
Address Latinath, Marma RM, Darchula, Sudurpashchim
Website marmamun.gov.np
Email 2 info@marmamun.gov.np

वि.स.२०७३ सालमा घोषणा भएका ७५३ वटा स्थानीय तह मध्ये मार्मा गाउँपालिका प्रदेश नं. ७ दार्चुला जिल्लामा अवस्थित एउटा स्थानीय तह हो । यो गाउँपालिका दार्चुला जिल्लाको दक्षिण पुर्वी भागमा अवस्थित छ । यस मार्मा गाउँपालिकामा साविकका ५ वटा गा.वि.स.हरु (शेरी, तपोबन, लटीनाथ गुल्जर (२–९) र सितोला १-४ र ९) लाई एकिकृर्त गरी ६ वटा वडाहरु मा विभाजन गरिएको छ । यस मार्मा गाउँपालिकाको पूर्वमा बझाङ्ग जिल्ला, पश्चिममा दार्चुलाको नौगाड गाउँपालिका तथा शैल्यशिखर नगरपालिका, उत्तरमा अपिहिमाल गाउँपालिका र दक्षिणमा बैतडीको डिलाशैनी गाउँपालिका तथा बझाङ्गको बुङ्गल नगरपालिका रहेका छन।

 

यस मार्मा गाउँपालिकाको क्षेत्रफल २०८.०६ वर्ग कि.मि. रहेको छ । वि.स.२०६८ को जनगणना अनुसार यस मार्मा गाउँपालिकाको कूल जनसंख्या १४९५६ रहेको छ । मार्मा गाउँपालिका सदरमुकामबाट लगभग १५ कोष टाढा रहेको छ । यस मार्मा गाउँपालिकामा विभिन्न जातजातीहरु रहेका छन । जसमा ब्रामण (जोशी,पन्त, ओझा,भट्ट), ठकुरी (सिंह), क्षेत्री (बिष्ट, महता, सितोली, डडाल, कोट्टारी,धामी, ठगुन्ना, भण्डारी,मन्याल, कार्की, महरा र रोकाया आदी), दलित (टमटा, ओड, दमाइ, तिखाल, नेपाली, लुहार, कामी, वि.क. आदी ) तथा अन्य जात जातीहरु यस मार्मा गाउपालिकामा बसोबास गर्दै अएका छन ।

 

यस मार्मा गाउँपालिकाको बनावट भिरालो जमिन, समथर जमिन, उच्चा डाँडाहरु तथा विभिन्न पानीका मुहानहरु पनि रहेका छन । जस्तै चौलानी नदी, पारीबगरमा नौगाड खोला, घट्टेगाड खोला, तपोबन मर्मतीमा मेलेगाड खोला, शेरी मा रहेको कचुलीगाड खोला,च्युरानीको दोगाडा खोला आदि पानीका श्रोतहरु रहेका छन । यस मार्मा गाउँपालिकामा विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पनि रहेका छन । जस मध्ये मार्मा गाउँपालिकाको सबै भन्दा अग्लो स्थानमा रहेको परमचुली धाम पनि एक हो । यस्तै दार्चुला जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल तपोबन तातोपानी, लटीनाथ बाबाको मन्दिर(तलाईमाण्डौ) लटीनाथ, मटेलाको मस्टा मन्दिर, शेरीको क्वाकट्टे मन्दिर, गुल्जरको दुर्गाभवानी मन्दिर जस्ता थुप्रै धार्मीक तथा पर्यटकीय ठाउँहरु पनि यस मार्मा गाउपालिका भित्र रहेका छन । भोगौलिक हिसाबले विकट रहे पनि यो मार्मा गाउँपालिका प्राकृतिक रुपमा एकदमै सुन्दर र रमणीय ठाउँ रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.